२०७७ मङ्सिर १० गते बुधवार

खेल नै समृद्धिको आधार हो – मन्त्री खनाल

यमकला भुसाल,
तुलसीपुर, १० माघ। कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपानी खनालले मुलुकका बिकसित देशहरु खेलकै माध्यामबाट समृद्ध बनेको बताए। तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा बिहिवार देखि तुलसीपुरमा सुरु भएको दाङ जिल्लाका १० स्थानीय तह बिचको महिला तथा पुरुष मेयरकप भलिबल प्रतियोगीताको उद्घाटन गर्दे खनालले यस्तो बताएका हुन् । ठूलाठुला देशहरु खेलकै माध्यामबाट समृद्ध भएका छन,नेपाललाई पनि हामीले खेल क्षेत्रमा समृद्ध बनाउनुपर्छ । उनले खेल नै समृद्धिको आधार भएको बताए । खेल स्वास्थ्य, शारिरीकसंग आर्थिकसंग पनि जोडिएको भन्दै उनले तीनवटै सरकारले खेलको बिकासमा ध्यान दिनुपर्ने समेत बताए ।

सो अवसरमा बिशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले खेल क्षेत्रको विकासका लागि आफु प्रतिबद्ध रहको बताए । तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपाली‘माईकल’को अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले खेलको माध्यामबाट तुलसीपुरलाई समृद्ध बनाउन मेयरकप भलिबल प्रतियोगिताको आयोजना गरिएको बताए । उनले प्रत्येक बर्ष आयोजना गर्ने मेयर कप अन्तर्गत यस बर्ष दाङका स्थानीय तह स्तरीय महिला तथा पुरुष भलिवल प्रतियोगिताको आयोजना गरिएको बताए । बिहीबार देखि शुरु भएको खेल १३ गतेसम्म चल्ने छ । देशमै पहिलो पटक दाङ जिल्ला स्तरीय खेल हुन लागेको हो । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः ७५ हजार, ५० हजार , ३० हजार समेत राखिएको छ ।

यसैबिच दाङ जिल्ला पालिका स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७५ को पुरुष तर्फ आयोजक तुलसिपुर उपमहानगरपालिकाले बिजयी सुरुवात गरेको छ । बिहिवार सम्पन्न उद्घाटन खेलमा राप्ती गाउँपालिका लाई २५,२० र २५,१७ अर्थात (२(० ) को सोझो सेटमा पराजित गर्दै तुलसिपुर उपमहानगरले बिजयी सुरुवात गरेको हो ।

प्रतियोगिता अन्तगत भोलि शुक्रवार पुरुष तर्फको लिग चरणको खेलमा बिहान साढे आठ बजे बङलाचुली गाउँ पालिका र घोराही उपमहानगरपालिका भिड्नेछन् । दोस्रो खेल शान्तीनगर गाउँ पालिका र राप्ती गाउँपालिका बिच हुनेछ भने तेस्रो खेल राजपुर गाउँपालिका र बबई गाउँपालिका बिच हुनेछ ।

त्यस्तै महिला तर्फको पहिलो लिग खेलमा आयोजक तुलसिपुर उपमहानगरपालिका र शान्तिनगर गाउँपालिका भोलि बिहान साढे आठ बजे भिड्नेछ भने दोस्रो खेल दङिशरण गाउँपालिका र बबई गाउँपालिका बिच हुने प्रतियोगिता का प्रचारप्रसार संयोजक लक्ष्मण बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति : २०७५ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *