२०८१ असार ३० गते शनिवार

फुलबारीमा बालश्रम विरुद्धकाे अभिमुखिकरण

देविराम कुसारी,फुलवारी, फागुन २० । महिला वालवालिका तथा सामाजिक विकास शाखा तुलसीपुर उप-महानगरपालिकाकाे आयाेजनामा बालश्रम विरुद्धकाे अभिमुखिकरण कार्यक्रम आज (शुक्रवार) फुलवारीमा सम्पन्न भएकाे छ ।

तुलसीपुर १३ का कार्यवाहाक वडा अध्यक्ष विनाेद पाण्डेकाे अध्यक्षता तथा नगर बाल अधिकार संयाेजक नवराज लामिछानेकाे प्रमुख आथित्यमा भएकाे कार्यक्रममा बाल अधिकार र बाल श्रमका वारेमा जानकारी गराइएकाे थियाे ।

कार्यक्रममा वाेल्दै संयाेजक लामिछानेले वडालाई वालश्रम मुक्त गराउन आवश्यक पर्ने सुचककाे वारेमा जानकारी गराए ।

महिला वालवालिका तथा समाजिक विकास अधिकृत माया श्रेष्ठले सहजीकरण गर्दै बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता लगाएतका वारेमा जानकारी दिइन ।

कार्यक्रममा महिला वालवालिका तथा सामाजिक विकास संयाेजक कुमार लामिछानेले तुलसीपुर उप-महानगरपालिकाले थालेकाे स्मार्ट छाेरी कार्यक्रमका वारेमा जानकारी दिए ।

त्यस अबसरमा वडाका सम्पुरण टाेल विकासका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, महिला सहकारीका प्रतिनिधि, स्थानिय महिलाकाे सहभागिता रहेकाे थियाे ।

उक्त कार्यक्रममा वडाका कार्यवाहाक अध्यक्ष विनाेद पाण्डेकाे संयाेजकत्वमा १४ सदस्यिय वडा स्तरिय बाल अधिकार समिति गठन गरीएकाे छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २० गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *