तुलसीपुर,फागुन २० । तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज) ले ‘सफल व्यक्तीका सफलताका कथा’ “हामी सक्छौ,हामी गछौँ” विषयक कार्यक्रम आयोजना ग¥यो । त्यहाँ विद्यार्थीहरुसगं सफलताको कथाको आदानप्रदान पनि भयो ।
तुलसीपुरमा सायद यस्तो कार्यक्रम पहिलो पटक भएको हो । त्यस कार्यक्रममा तुलसीपुर मेट्रो कलेजमा अध्ययनरत करिब ४ सय भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।
बिहान ११ बजे हुने भनिएको कार्यक्रम निर्धारित समय भन्दा सवा एक घण्टा ढिला गरि सुरु भयो । त्यो कार्यक्रम अन्य कार्यक्रमहरु भन्दा अलि भिन्दै देखिन्थ्यो । विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने मुख्य उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको थियो ।
कार्यक्रममा उत्प्रेरक बक्ता डा.चिन्तामणी योगीले तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले गरेका उल्लेखनीय कामहरुको प्रसंसा गरे । उनले नेपालमै पहिलो पटक स्थानीय पालिकाले कानुन विषय पढाइ हुने कलेज सञ्चालन गरेर यहाँको शिक्षा क्षेत्रलाई ठुलो योगदान पु¥याएको भन्दै धन्यवाद पनि दिए ।
उनले सबैभन्दा पहिले मान्छेले आफुले आफुलाई चिन्नुपर्ने बताए । कार्यक्रमका प्रमुख वक्ताका रुपमा रहेका डा. योगीले भने,‘– हामीले ऐना मात्रै हेछौँ तर खास रुपमा आफु को हुँ भन्ने कुराको कहिल्यै ख्याल गदैर्नौ,त्यस कारण अपेक्षा अनुसार प्रगति गर्न सकिरहेका हुदैनौ ।
अहिले आधुनिक युगका नाममा आएको लिभिङ टुगेदर सामाजिक विकृति भैरहेको बताउँदै सामुहीक छलफल र बुबा–आमालाई माया गर्ने परिपाटीको विकास हरेक छोराछोरीले गर्न आग्रह गरे । कार्यक्रममा उनले करिब २ घण्टाको प्रवचन दिए ।
विद्यार्थीहरु पनि एकदमै ध्यानपुर्वक बसेर उनका कुराहरु सुने । उनीहरुले बेला–बेलामा तररर ताली बजाउने,हुटिङ् गर्ने पनि गरिरहेका थिए । डा. योगीले विद्यार्थीहरुको ध्यान आफुतिरै केन्द्रित गर्दै ज्ञानज्ञुनका कुराहरु भनिरहे ।
त्यसक्रममा उनले गित सुनाए,विद्यार्थिहरुलाई पनि आफुसगंसगै गाउन लगाए । धेरै कुराहरु भने हसाए । कुनै–कुनै बेला त भावक पनि बनाए । उनले भने,‘–तिमि हामी आफ्नो स्वभावमा बाच्दैनौ,अरुको प्रभावमा बाच्छौँ,तर त्यसो होइन,मान्छे जहिल्यै पनि आफ्नो स्वभावमा बाच्न सिक्नुपर्छ ।
वर्षमा एक पटक मात्र दाङ आउने डा. योगी अब ४ पटकसम्म आउने प्रतिबद्धता पनि जनाए । मेट्रो कलेज बिए.एलएलबी दोश्रो वर्षमा अध्ययनरत विद्यार्थी श्रीया गौतमको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले सपना देख्ने मानिले नै सफलातको शिर चुम्न सक्ने बताए ।
उनले समाज रुपान्तरणका लागि असल शिक्षाको खांचो रहेको पनि बताए । तुलसीपुरले सुरु गरेको बहुप्राविधिक शिक्षालयको निति देशैभर लागु भैरहेको छ,पाण्डेले खुसी साटे,‘अबको १०÷१५ वर्षमा मेट्रो कलेजलाई टेक्निकल युनिर्भरसीटीका रुपमा बिकास गर्ने लक्ष्य छ ।
त्यस अवसरमा उच्च अदालत तुलसीपुरका रजिष्टार यमबहादुर बुढाले पनि कानुनका बारेमा विद्यार्थीहरु जानकारी गराए । उनले कानुनले समाजलाई परिबर्तनसगै चेतना फैलाउने काम गर्ने बताए । अहिले कानुन विषय आवश्यक छ,उनले भने,‘–त्यसैले यो विषय पढेका विद्यार्थीहरुले सामाजिक,व्यक्ती र सामुदायीक स्वार्थ त्यागेर परिवर्तन आफुबाटै सुरुवात गर्न जरुरी पनि छ ।
तुलसीपुर उद्योग वाणिज्य सघंका महासचिव बिनिल केसीले भने,‘–सानै उमेर देखि व्यवसायमा आवद्ध भए,अहिलेसम्म आउदाँ धेरै सफलता हासिल गरेको छु । यदि तपाई आजको भन्दा भोलीको दिनमा अझ राम्रो गरिरहनुभएको छ भने त्यो तपाईको सफलता हो । उनले आफैले आफुलाई सो मुल्याङ्कन गर्न सकेमा मात्र जिवनमा सफलता हासिल गर्न सकिने बताए ।
कार्यक्रममा मट्का चियाका सञ्चालक सन्दीप भुसालले आफ्नो जिवन मुल्यवान बनाउन विद्यार्थीलाई आग्रह गरे । जति पुरानो भएपनि पैसाको मुल्य घट्दै,त्यसैगरि नै तपाईहरुले आफ्नो जिवनलाई मुल्यवान बनाउनुहोस,उनले भने,‘–कुनैपनि काम सानो ठुलो हुदैन र परिर्तन भर्खरै आउदैन,त्यसका लागि समय लाग्छ मात्र धैर्य गर्न सिक्नुपर्छ ।’
त्यस अवसरमा बिए.एलएलबी दोश्रो वर्षमा अध्ययनरत विद्याथी देवीसरा वलिले महिला भएपनि सानैदेखि आत्मनिर्भर बन्न सक्नुपर्छ भन्ने सोचका साथ अघि बढेको बताइन । उनले सामुदायिक विद्यालयबाट प्लटु गरेका प्राविधिक शिक्षा पढ्न चाहाने विद्यार्थीहरुका लागि तुलसीपुर उपमहानगरपालिकाले सुनौलो अवसर प्रदान गरेको भन्दै मेयर पाण्डेलाई धन्यवाद दिइन ।
स्थानीय स्तरमै लुम्बिनी बैद्ध विद्यालयको मातहतमा रहेर उपमहानगरपालिकाले बिएलएलबी पढाई हुने विद्यालय सञ्चालन गरिदियो,कि म पढ्नका लागि काठमाडौँ पुगेकी फर्केर दाङ आए,वलिले खुसी हुदै भनिन्,‘सामुदायीक विद्यालयबाट एसइइ दिएकी म अग्रेजी विषयमा कमजोर नै थिए, तर बिएलएलबिको प्रथम वर्षको इन्ट्रास परिक्षा अग्रेजीबाट दिए र पहिलो इन्ट्रास मै कलेज टप गर्न सफल भए ।
उनले सफल हुनका लागि मेहेनत गर्नुपर्ने र निरन्तर लाग्नुपर्ने पनि बताइन । विद्यार्थी किरण शाहीले चुनौतीको हद पनि उचाईको भरपर्ने बताए । उनले सफलताका लागि सकारात्मक चिन्तनको खाँचो रहेको पनि धारणा राखे ।
त्यस कार्यक्रममा मेट्रो कजेलका प्रध्यानाध्यापक बसन्त आचार्यले विषय प्रवेश गराएका थिए भने विद्यार्थी तिर्सना रोकायले स्वागत मन्तव्य राखेकी थिइन । कार्यक्रमको सहजीकरण विद्यार्थी बिपना गिरीले गरेकी थिइन ।