२०७७ मङ्सिर १२ गते शुक्रवार

मेयरकपको उद्घाटन गर्न मन्त्री खनाल आउने

 

शरद रेग्मी,
दाङ, ९ माघ । दाङको तुलसीपुरमा बिहीबारदेखि शुरु हुने मेयरकप भलिबल प्रतियोगिताको उद्घाटन गर्न कृषि तथा पशुपंक्षी बिकास मन्त्री चक्रपानी खनाल आउने भएका छन् । बुधबार रिपोर्टस् क्लब दाङमा आयोजित पत्रकार सम्मेललन उक्त जानकारी दिइएको हो ।

प्रतियोगिताका लागि सबै तयारी पुरा भएको तुलसीपुर उपमहानगरपालिकाका खेल संयोजक अमर नेपालीले जानकारी दिए । खेल शुरु हुनु पूर्ब बजारमा ¥याली निकाल्ने जानकारी दिइएको छ ।

प्रत्येक बर्ष आयोजना गर्ने मेयर कप अन्तर्गत यस बर्ष महिला तथा पुरुष भलिवल प्रतियोगिताको आयोजना गर्न लागिएको छ ।

प्रतियोगिता ३ दिन अर्थात १३ गतेसम्म चल्ने छ । प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुनेलाई क्रमशः ७५ हजार, ५० हजार , ३० हजार नगद पुरुस्कार प्रदान गर्ने जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *