२०८३ भाद्र ११ गते बिहिवार

घोराहीमा हुने प्रदर्शनीको लागि बिभिन्न समितिहरु गठन

घोराही, फागुन १६ । दाङ जिल्ला उद्योग बाणिज्य संघको आयोजनामा घोराहीमा सञ्चालन हुन थालेको दाङ औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी २०७८ को तयारी तीव्र पारिएको छ ।

सबै समितिका संयोजकले आआफनो समितिको कार्यलाई तिव्रता दिएका छन् ।

अहिले प्रदर्शनीका वारेमा छलफल, भेटघाट, चिठी पत्र पठाउने एवम प्रदर्शनी स्थलमा भौतिक निर्माणको कार्यलाई समेत तिव्र बनाइएको प्रदर्शनी मुल आयोजक समितीका उप संयोजक तथा संघका महासचिव महेन्द्र वुढाथोकीले जानकारी दिए ।

आइतवार मञ्च व्यवस्थापन उप समिती विस्तार गरिएको छ । मञ्च व्यवस्थापन समितिका संयोजक देवकला बस्नेतको अध्यक्षतामा वसेको बैठकले उप समिति विस्तार गरिएको हो ।

मञ्च व्यवस्थाप समितीको उपसंयोजकमा प्रेम गौतम, सह–संयोजकमा प्रेम शर्मा रहेका छन् ।
सदस्यहरुमा रुद्र शर्मा, आन्द चौधरी, सुरेश वुढा, इश्वरा गौतम, भरतमणि पौडेल, मनोज रसाइली, देविराम विक, राजेन्द्र दाहाल, चाहाना झाँक्री, टिका बोहरा, गंगा पुन, बशन्ता अधिकारी, शुसिला पुन, मिलन सानु मगर रहेका छन् ।

त्यस्तै महिला उद्यमीहरु समिति गठन गरिएको छ । महिला उद्यमी समितिका संयोजक देवकला वस्नेतको अध्यक्षतामा वसेको बैठकले समिति गठन गरेको हो ।

जसको सह–संयोजकमा प्रेमकुमारी पुन रहेकी छिन् । समितिको सदस्यमा विष्णु थापा, मिना लम्साल, जिवा भुसाल, विष्णु कालाथोकी, इन्दु वुढा, माया चौधरी, सिताकुमारी चौधरी, लिला नेपाली, झुला डाँगी, विणा खनाल, विणाकुमारी पुन, चन्द्रकुमारी वुढा, मनिसा पुन रहेका छन् ।

बैठकमा सहभागिहरुले संघले गर्न थालेको प्रदर्शनीमा आफनो तर्फ वाट सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

संघको आयोजनामा उद्योग व्यापार कृषि एवं पर्यटनको विकास, पर निर्भरमुखी अर्थतन्त्रको निकास भन्ने नाराका साथ फागुन २६ गतेदेखि चैत ८ गते सम्म घोराही उपमहानगरपालिका वडा नं १४ को झिगौरामा प्रदर्शनी हुन लागेको हो ।

प्रकाशित मिति : २०७८ फाल्गुन १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *