घोराही, फागुन १५ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालन गर्नका लागि चिकित्सा शिक्षा आयोगले पनि स्थलगत अबलोकन गरेको छ ।
आयोगले अस्पतालको पूर्बाधार बिकाससहित प्रदान हुने सेवा सुबिधा, आबश्यक जग्गाका बारेमा समेत चासो दिएको छ ।
आयोगको अनुगमनपछि प्राप्त सल्लाह सुझाबका आधारमा प्रतिष्ठानमा सञ्चालित कार्यक्रमको लागि सख्या निर्धारण हुने शिक्षाध्यक्ष बसन्त लामिछानेले बताए ।
प्रतिष्ठानमा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आबश्यक पर्ने ल्याब, लाइब्रेरी, लेक्चरल हल लगायतको पनि अबलोकन आयोगको टोलीले गरेको छ ।
आयोगको टोलीले स्थलगत अबलोकनपछि सकारात्मक प्रत्तिकृया दिएको र आयोगको सल्लाह अनुसार नै काम अघि बढी रहेको रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए ।
शैक्षिक कार्यक्रम संचालनमा प्रतिष्ठानले चाल्नुपर्ने आवश्यक कदमको विषयमा आयोगले प्रतिष्ठानको पदाधिकारी टोलीलाई आवश्यक सल्लाह सुझाव दिएको छ ।
चिकित्सा शिक्षा आयोगबाट नर्सिङतर्फ प्रा. मन्दिरा पन्त, फार्मेसिको तर्फ प्रा. डा. धर्मप्रशाद खनाल, आयोगबाट कृष्ण पौडेल, प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछाने, शिक्षाध्यक्ष डा.बसन्त लामिछाने रजिष्ट्रार प्रकाश थापा, डिन डा.सागर पन्थी , अस्पताल निर्देशक डा. प्रज्ञा बस्नेत, सहायक निर्देशक डा. एञ्जिलीका कार्कीसहितको टोली त्यसक्रममा सहभागी थियो ।
यही शैक्षिक सत्र देखि बिएसी नर्सिङ, बिएनएस र फार्मेसी लगाएको पठनपाठन सुरु गर्ने तयारीमा प्रतिष्ठान रहेको छ ।