२०८३ भाद्र १२ गते शुक्रवार

राष्ट्रिय स्वास्थ्यकर्मी संघ तुलसीपुरको अध्यक्षमा तीवारी

तुलसीपुर, १४ फागुन । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल तुलसीपुर नगर कार्य समितिको दोस्रो नगर अधिवेशन शनिबार तुलसीपुरमा सम्पन्न भएको छ ।

अधिवेशनले शिव प्रसाद तीवारीको अध्यक्षतामा ३१ सदस्य राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल तुलसीपुर नगर कार्य समिति गठन गरेको छ ।

जसको उपाध्यक्षमा प्रतिक्षा भण्डारी, महिला उपाध्यक्ष कमला गिरी, सचिव वसन्त शर्मा, सहसचिव समिक्षा रिजाल, कोषाध्यक्ष सीताराम न्यौपाने र सह कोषाध्यक्षमा रोमहर्स केसी रहेका छन ।

त्यसैगरी अन्य सदस्यहरुमा झक बहादुर विक, नविन विक, शुष्मा वली, केशरी विक, पुनम विक, दिपा विक, पुष्करराज थापा, रीता बुढाथोकी, मोतिलाल विक, रविना सेन्चुरी, ऐश्वर्या शाही, सुन्दर चौधरी, बासुदेव चौधरी, सुकदेव वली, गोविन्द केसी, सावित्रा पोखरेल, पवित्रा चौधरी, दिपा वली, विना खड्का,डिल्ली शर्मा, सरीता चौधरी र सिन्धु कुमारी हमाल रहेका छन ।

उत्कृष्ट काम गर्न स्वास्थ्यकर्मीलाई केन्द्रिय सदस्य पाण्डेको निर्देशन

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेले उत्कृष्ट काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिएका छन ।

उनले बिरामीको उपचारमा कुनै कमि र समस्या आउन नदिनेगरी आफ्नो पेशाप्रति जहारहँदा पनि बफादार हुनुपर्ने बताए ।

बिरामीलाई राम्रो बोली, व्यवहार गरेमा आधा समस्या त्यसै निको हुने बताउँदै उनले तुलसीपुरलाई स्वास्थ्य र उपचार केन्द्रको रुपमा विकास गर्नुपर्ने सदस्य पाण्डेले बताए।

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल नगर कार्य समितिका अध्यक्ष दोर्ण बहादुर वलीको अध्यक्षतामा भएको अधिवेशनमा नेकपा एमाले जिल्ला संगठन कमिटीका अध्यक्ष हुकुम बहादुर बस्नेत, उपसचिव कृष्ण भुसाल, तुलसीपुर उद्योगबाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल जिल्ला कार्य समितिका अध्यक्ष विष्णु कुमार गिरी, नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सचिव बाबुराम न्यौपाने, स्वास्थ्य प्राविधिक संघका केन्द्रिय सदस्य खड्ग बहादुर चौधरी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल प्रदेश कमिटी सदस्य अनन्त चौधरी, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल केन्द्रिय पार्सद बिमल केसी, नगर कमिटी उपाध्यक्ष दिपा सुनार लगाएतले बोलेका थिए ।

कार्यक्रमको सहजीकरण राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल नगर कार्य समितिका सचिव मुकेश बुढाथोकीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *