२०८१ असार ३० गते शनिवार

पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाण्डौ,फागुन १४ । पछिल्लो २४ घण्टामा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पीसीआर, एन्टिजेन र आरडीटी गरी पाँच हजार एक सय ५२ जनाको परीक्षण गरिएकोमा एक सय ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा पाँच सय ४० जना संक्रमित निको भएका छन् । २४ घण्टामा दुई जनाको ज्यान गएसँगै अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नौ सय ३४ जना पुगेको छ । अब नेपालमा आठ हजार आठ सय ३९ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक लाख २९ हजार एक सय १९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । यो सहित नेपालमा अहिलेसम्म तीन करोड ६७ लाख ४३ हजार दुई सय ४२ मात्रा खोपको प्रयोग भएको छ ।

जसमध्ये एक करोड ८४ लाख ६९ हजार चार सय ४५ जनाले पहिलो मात्रा, एक करोड ७३ लाख ८२ हजार एकसय ३८ जनाले दुवै मात्रा र १० लाख ९१ हजार ६ सय ५९ जनाले अतिरिक्त मात्रा खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *