२०८१ चैत्र ४ गते सोमवार

तुलसीपुरमा दिगो उद्यमशिलता क्याम्प सुरु

तुलसीपुर,फागुन १४ । तुलसीपुरमा मेयर दिगो उद्यमशिलता क्याम्प सुरु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका, ग्रिन फाउन्डेशन नेपाल, सामुदायीक वन उपभोक्ता महासघं, पारिवारीक निजि वन सघं नेपाल, स्वच्छ व्यवसायी समुह नेपाल, महिला अधिकार र श्रोत सञ्जाल, तुलसीपुर मेट्रो कलजे, तुलसीपुर बहुप्राविधिक शिक्षालयको संयुक्त आयोजनामा तीन दिने बुट क्याम्प सुरु भएको हो ।

क्याम्पको उद्घाटन गर्दै तुलसीपुरका मेयर घनश्याम पाण्डेले प्रकृति र संस्कृतिलाई उद्यमशिलतासगं जोड्न आवश्यक रहेको बताए ।

‘संस्कृतिको प्रर्वद्धनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट महत्वपुर्ण भूमिका खेल्न आवश्यक छ,’ पाण्डेले भने–,‘तब मात्र जीवनमा आइपर्ने हरेक चुनौतीलाई समाधान गर्न सकिन्छ ।’

उनले पुरानो सोच र दृष्टिकोणलाई परिवर्तन गर्दै नयाँ बिचारका साथ उद्यमशिलतामा लाग्न आग्रह गरे । मानिस पैंसाको पछि लाग्नुभन्दा पनि पैसालाई आफ्नो पछि लगाउन उद्यमशिल बन्न जरुरी रहेको उनको तर्क थियो ।

यस अघि भएका विभिन्न कार्यक्रममा उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुले बजार मूल्य नपाएको गुनासो सुन्दै आएको बताउँदै पाण्डेले अब त्यसको समाधान खोज्न तर्फ लाग्ने दाबी गरे ।

तालिमबाट नयाँ उद्यमीहरु उत्पादन गरि तुलसीपुरलाई दिगो उद्यमको केन्द्रका रुपमा विकास गर्ने मद्दत पुग्ने बताए ।

तुलसीपुरका प्रशासकीय अधिकृत मोहन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीय सामुदायीक वन उपभोक्ता महासघं तुलसीपुरका अध्यक्ष चन्द्रबहादुर वली, पारिवारिक नीजि वन सघं नेपालका मेघराज भुसाल, स्वच्छ व्यवसायी समुह नेपालका अध्यक्ष डा..सुनिल चित्रकार, संस्कृत विद् असोक थारु, डब्लुआरएका संयोजक राधिका न्यौपाने लगाएतले तालिमले उद्यमीहरुको लागि नयाँ आधार बन्ने विस्वास व्यक्त गरे ।

ग्रिन फाउन्डेशन नेपाल दाङका सचिव सुरेश रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका उद्यम शाखाका प्रमुख रेवा रावतले गरेकी थिइन ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *