२०८१ साउन ५ गते शनिवार

दंगीशरणमा भुमि सम्बन्धी समस्या समाधान समिकरण समितीको बैठक

दिप्तीशिखा चौधरी, दंगीशरण,फागुन १४ । भुमि सम्बन्धी समस्या समाधान समिकरण समिति दंगिशरण गाउँपालिकाको बैठक सम्पन्न भएको छ । समितिका संयोजक एवं गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतमा बसेको बैठकले बिभिन्न निणर्य गरेको छ ।

जसमा गाउँपालिका अन्तर्गत भुमि सम्बन्धी समस्या समाधानका लागि हालसम्म भए गरेका कामको समिक्षा भएको छ । लगत संकलनको काम अन्तीम चरणमा रहेको र जग्गा नापजाँचको नापी कार्यालयबाट प्राविधिक कर्मचारी खटि आएकोले वडा नम्बर ४ देखि क्रमश नापजाँचको काम अगाडी बढाउने बताए ।

त्यसैगरी लगत संकलन सकिएपछि वडा स्तरमा सुचना प्रकासन गर्न लगाउने, जग्गा नापजाँचको तथ्याङ्क संकलनको क्रममा सहजीकरण समितिका पदाधीकारीबाट अनुगमन गर्ने, प्राविधिक कर्मचारी अपुग भएकाले एक सर्वेच्क्षकको सुचना प्रकासन गरि २०७९ असार मसान्तसम्म करारमा भर्ना गरि काम अगाडी बढाउने निणर्य गरिएको छ ।

कार्यक्रममा उपाध्यक्ष पिमाकुमारी वली, नेकपा एमालेका अध्यक्ष रेशमबहादुर वली, नेपाली कांग्रेस सभापतिशम्भु गिरी, वडा नम्बर ५ का अध्यक्ष दिपक गौतम, कार्यपालिका सदस्य दिलकुमारी बिक, इकाई प्रमुखबिनोद अधिकारी, जुगमानीचौधरीलगायतको उपस्थिती रहेको थियो ।


दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीका अनुसार दंगीशरणमा लगत संकलन भईसकेको, अनलाईन ईन्ट्रिको काम शुरु भएको, २ जना सर्वेक्षक आयोग बाट ब्यवस्था गरिएको छ ।

दंगीशरणमा भुमिहिन सुकुम्वासी ३ सय ३९ घरपरिवार र अव्यवस्थित वसोवासी ३३ सय ६४ गरि ३७ सय ४ घर परिवार रहेका छन् ।

प्रकाशित मिति : २०७८ फाल्गुन १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *