दाङ,फागुन १२ । रुकुम पूर्वको भूमे गाउँपालिकामा टिपर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
भूमे गाउँपालिकाको-५ को झिङ्गेटारमा बा २ क ७०१८ नम्बरको टिपर पल्टिंदा दुईजना मजदुरको ज्यान गएको हो ।
मृत्यु हुनेमा रुकुम९पूर्व० पुथाउत्तरगंगा गाउँपालिका(१४ का करिब २५ वर्षका गोविन्द बुढा र भूमे गाउँपालिका ५ उपल्लो साकिमका २५ वर्षका दामु बुढा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयका रुकुम पूर्वका अनुसार दुर्घटना पश्यात गम्भिर घाइते भएका दुवै जनालाई उपचारका लागि रुकुम (पूर्व) अस्पतालमा लागिएको थियो ।
उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।
प्रकाशित मिति : २०७८ फाल्गुन १२ गते बिहिवार