२०८१ साउन ९ गते बुधवार

कोभिडले ९ वर्षसम्‍मका ५१ बालबालिकाको मृत्यु

काठमाण्डौ,फागुन ११ । नेपालमा हालसम्म कोभिड–१९ संक्रमणका कारण ६० देखि ६९ वर्ष उमेर समूहका धेरै मानिसको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार २ हजार पाँच सय संक्रमितको मृत्यु भएको छ ।

मुलुकभर यो समाचार तयार पार्दासम्म ९ वर्षसम्मका ५१ जना बालबलिकाका संक्रमितको मृत्यु भएको छ । ७० देखि ७९ वर्ष उमेर समूहका २ हजार ३७५ जनाको मृत्यु भएको छ । ५० देखि ५९ वर्ष उमेर समूहका २ हजार २९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी ४० देखि ४९ वर्ष उमेर समूहका १ हजार ६६३ जनाको मृत्यु भएको छ । ८० वर्ष माथिका १ हजार ६३६ जनाको मृत्यु भइसकेको छ । ३० देखि ३९ वर्षसम्मका ९६३ संक्रमितको मृत्यु भएको छ ।

मन्त्रालयले जारी गरेको तथ्यांकमा २० देखि २९ वर्ष सम्मका ३ सय ७७ जनाको मृत्यु भएको छ । १० देखि १९ वर्षसम्मका ५७ र ९ वर्षसम्मका बालबालिकाको ५३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ११ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *