२०८३ भाद्र १२ गते शुक्रवार

फेरि बाँकेमा बाघले मानिसलाई झम्टियो,घाइतेको नेपालगन्जमा उपचार जारी

दाङ, फागुन ८ । फेरि बाँकेमा बाघले मानिसलाई झम्टिएको छ ।

आइतबार दिउँसो १२ बजेतिर बस्तु भाउ लगेर नजिकैको सामुदायिक जंगलमा चराउन गएका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ७ झगडियाका ३० बर्षीय वकिल गद्दीलाई बाघ एकाएक झम्टिएर घाइते तुल्याएको छ ।

घाइतेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान मात्रै जंगलमा घाँस दाउरा लिन गएका राप्ती सोनारी ६ का ६० बर्षीय धनबहादुर चलाउनेको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।

स्थानीय मन्डफवा सामुदायिक वनमा गाइ बस्तु चराउन गएका गद्दीमाथि एक्कासी बाघले झम्टिएको थियो । गद्दी केही सयम केही बाघसंग भिडेका थिए ।

बाघले गद्दीलाई भुइँमा लडाएर पछि संगै रहेका अन्य गोठालाहरुले होहल्ला गरेपछि बाघ छोडेर भागेको थियो ।

बाघको आक्रमण बाट गद्दीको घाँटीमा प्वाँलहरु परेका छन् । घाइते गद्दीको अस्पताल पुगेको केही समय पछि होस फिरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *