२०८३ भाद्र १२ गते शुक्रवार

रोल्पामा ७७ बर्षीय जेष्टनागरिकको पिकअपको ठक्करबाट मृत्यु

दाङ, फागुन ८ । रोल्पामा ७७ बर्षीय एक जेष्ट नागरिकको पिकअपको ठक्करबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार बिहान पौने १० बजेतिर लु २ च ६८८६ नम्बरको पिकअपले सुनिल स्मृति ४ सुलीचौर बजारमा ठक्कर दिदा पैदल यात्रु सुनिल स्मृति गाउँपालिका वडा नं. २ का ७७ बर्षीय लालबहादुर भुषालको मृत्यु भएको छ ।

पिकअपको ठक्करबाट गम्भीर घाइते जिल्लाको भुषालको सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा केही बेरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

पिकअप चालक सुनछहरी गाउँपालिका २ का १९ बर्षीय चालक लालबहादुर बुढालाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *