२०८३ भाद्र ११ गते बिहिवार

दाङको देउखुरीमा शङ्कास्पद वस्तु फेला,सेनाको टोलीद्वारा ‘डिस्पोज’ गर्ने तयारी

दाङ,फागुन ८ । देउखुरी लमही रिहार सडक खण्ड अन्तर्गत लमही नगरपालिका-७ को पद्मिनी खोलादेखि २ सय मिटर पश्चिम सडक छेउमा शङ्कास्पद वस्तु फेला परेको छ ।

प्रेसर कुकरमा तारले जेलिएर राखिएको अवस्थामा शङ्कास्पद वस्तु फेला परेको हो ।

गएराति गाडी चालकले शङ्कास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेका इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताए ।

अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्ने तयारी गरिरहेको छ । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना रहेका छन् । अहिले पूर्व-पश्चिम राजमार्गमा गाडी एकतर्फी मात्रै सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

प्रेसर कुकरमा नो एमसीसी लेखिएको छ । प्रेसर कुकर कस्ले राख्यो भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

प्रकाशित मिति : २०७८ फाल्गुन ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *