काठमाडौं,फागुन ७ । राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शनिबार देशभरका ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा हुन लागेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ५०१ जना कैदीको भुक्तान हुन बाँकी कैद माफी मिनाहा गरेकी हुन । त्यस्मध्ये दाङका १२ जना रहेका छन ।
जसमा घोराही कारागारबाट ७ जना र तुलसीपुर कारागारबाट ५ जना कैदीको बाँकी कैद मिनाह हुन लागेको तुलसीपुर कारागारका प्रमुख अमरबहादुर वलीले जानकारी दिए ।
घोराही कारागारबाट छुट्न लागेकामा सवारी ज्यान मुद्धामा तिन जना, कर्तव्य ज्यान, बहुविवाह, नकबजनिक चोरी मुद्धामा र झुटो वितरण पेस गरी नक्कली नागरिकता लिने एक÷एक जना गरी ७ जनालाई बाकी कैद मिनाह गरिएको छ ।
प्रकाशित मिति : २०७८ फाल्गुन ७ गते शनिवार