२०८३ भाद्र १२ गते शुक्रवार

कांग्रेसले शान्तिनगरमा २ दिने आँखा उपचार शिविर संचालन गर्ने

तुलसीपुर,फागुन ६ । नेपाली कांग्रेस शान्तिनगरले आगामी फागुन १३ र १४ गते २ दिने निशुल्क आँखा उपचार शिविर संचालन गर्ने भएको छ ।

शान्तिनगर ४ जुम्लेकुलामा आगामी फागुन १३ र १४ गते २ दिने निशुल्क आँखा उपचार शिविर संचालन गर्न लागेको नेपाली कांग्रेस शान्तिनगरका सभापति झलक केसीले जानकारी दिए ।

शान्तिनगर गाउँपालिका भित्रका विभिन्न स्थानमा उपचारको अभावमा आँखा रोगबाट पिडित भएकाहरुका लागि निशुल्क आँखा उपचार गर्ने उद्येश्यले आँखा उपचार शिविर संचालन गर्न लागेको सभापति केसीले बताए ।

विभिन्न स्थानमा आर्थिक अभावका कारण आँखा रोगबाट पिडितहरुको उपचारमा सहयोग हुने नेपाली कांग्रेस शान्तिनगरले लक्ष्य लिएको छ ।

निशुल्क आँखा उपचार शिविरमा सहभागि भई लाभ लिन नेपाली कांग्रेस शान्तिनगरले सबैमा आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *