काठमाडौं,फागुन ५ । नेपालमा थप ५७० जनामा कोरोना संक्रमण देखिएको छ। देशभरि ९७८९ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा १९९३ जना संक्रमित कोरोनामुक्त भएका छन्। मन्त्रालयका अनुसार थप ६ जना संक्रमितको मृत्यु भएको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६१६ रहेको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति : २०७८ फाल्गुन ५ गते बिहिवार