२०८१ बैशाख ७ गते शुक्रवार

घाइते दम्पति बचाउन हेलिकोप्टर चार्टर

दाङका एक दुर्घटनाका घाइते दम्पतिको ज्यान जोगाउन हेलिकोप्टर चार्टर गरिएको छ । दंगिशरण गाउँपालिका वडा नं. ७ श्रीगाउँमा बिहीबार बसले मोटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते भएका दम्पतिलाई जोगाउन चार लाखमा हेलिकोप्टर चार्टर गरेर काठमान्डौैं उपचारका लागि लगिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. २ का ३९ बर्षीय प्रकाश केसी र उनकी श्रीमती ३६ बर्षीया सुनिता केसी सवाल मोटरसाईकलाई बसले ठक्कर दिदा उनीहरु दुबैजना गम्भीर घाइते भएपछि उनीहरुको ज्यान जोगाउन परिवारले नेपाली सेनाको हेलिकोप्टर चार्टर गरेर काठमान्डौं लगेको हो ।

घाइते दुबै जनाको खुट्टा माथि बस चढेको हुँदा दुबैको खुट्टा किचिएर काम नलाग्ने अवस्थामा रहेको परिवारका सदस्यले बताएका छन् ।

परिवारको आग्रहमा तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विमल रिजालले १९ नं. बाहिनी तुलसीपुरका बाहिनीपतिलाई भनेर हेलिकोप्टरको व्यवस्थापन गरिदिएका थिए । हापुरेबाट तुलसीपुर तर्फ आउँदै गरेको ग १ ख ७७०३ नम्बरको बसले तुलसीपुरबाट हापुरे तर्फ जाँदै गरेको रा २ प २८६९ नम्बरको मोटरसाईकललाई श्रीगाउँमा विहान ९ बजेतिर ठक्कर दिएको थियो ।

दाङको गतिलो अस्पताल नहुँदा यस्ता घटना वा दुर्घटनाका घाइतेहरुलाई बाँके, बुटवल , चितवन र काठमान्डौं उपचारका लागि लैजानुपर्ने बाध्यता छ । सक्नेले हेलिकोप्टरमा विरामीको उपचार गराउन लैजाने गरेका छन् भने नसक्नेले एम्वुलेन्समा ती ठाउँहरुमा उपचारका लागि लैजान्छन् । तर एम्वुलेन्समा लैंजाँदै गरेका कतिपय घाइते तथा विरामीको भने बाटोमै मृत्यु हुने गरेको घटनाहरु थुप्रै छन् । पछिल्लो समय दाङको टरिगाउँ एयरपोर्टमा विमान सेवा सुरु भएता पनि त्यसले हप्तामा दुईदिन मात्रै उडान हुने गरेको छ ।

प्रकाशित मिति : २०७५ असोज २५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *