२०७७ कार्तिक १५ गते शनिवार

डा. केसीको माग पूरा भैसकेको छ – राज्यमन्त्री यादव

काठमाडौँ, माघ ७ । स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवले अनशनरत प्राध्यापक डा गोविन्द केसीको सबै माग पूरा भइसकेको बताएका छन ।

रिपोर्टर्स क्लबमा  आयोजित साक्षात्कारमा उनले भने, “काठमाडौँमा मेडिकल कलेज खोल्न नदिने डा केसीको माग सम्बोधन भइसकेको छ । अब नयाँ मेडिकल कलेज काठमाडौँमा खोलिने छैन । यसबाट मनमोहन अधिकारी मेडिकल कलेज पनि प्रभावित भएको छ ।”

नयाँ मेडिकल कलेज खोल्न सम्बन्धन प्राप्त हुन नसकेकाले नेपाली विद्यार्थी चिकित्सा शिक्षा पढ्न विदेश जान बाध्य भएको र त्यहाँका कालोसूचीमा परेका कलेजबाट ठगिने गरेको उनले बताए । हाल नेपालबाट चिकित्सा शिक्षा पढ्न ५८८ विद्यार्थी विदेश गएका छन् । उनीहरुबाट प्रतिव्यक्ति रु २० लाखका दरले रकम बाहिरिएको राज्यमन्त्री यादवको भनाइ थियो ।

नेकपाका नेता डा वंशीधर मिश्रले डा केसीका कारण नेपालमा गुणस्तरीय मेडिकल कलेज खुल्ने वातावरण नहुँदा बङ्गलादेशमा कालोसूचीमा रहेका मेडिकल कलेजमा पढ्न विद्यार्थी बाध्य भएको बताए । उनले डा केसीको ९९ प्रतिशत माग पूरा भइसकेको बताए ।

वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारीले डा केसीको माग पूरा नगरेर स्वास्थ्यसम्बन्धी समस्या सरकार स्वयंले उत्पन्न गरेको बताए। उनले यो समस्या समाधानको पोको सरकारसँग रहेकाले सरकार लचिलो भई केसीसँगको सम्झौता कार्यान्वयन गर्न आग्रह गरेका छन ।

प्रकाशित मिति : २०७५ माघ ७ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *