
घोराही, माघ २३ । शान्तिनगर ७ का चित्रभान केसीले २०६३ सालदेखि नै माहुरी पाल्न सुरु गरे । २५ गोलाबाट माहुरी पालन सुरु गरेका केसीले ११ बर्षसम्म २५ गोला माहुरी नै पाले ।
व्यवसाय बढाउन उनी संग थप रकम थिएन । मह कहाँ विक्री गर्ने रु बजारबारे पनि उनी अनभिज्ञ थिए । त्यसैक्रममा २०७४ सालमा केसी जाल्पा सामुदायिक लघुवित्त वित्तिय संस्थाको सदस्य बने ।
संस्थाले माहुरी पालन किसानलाई तालिम आयोजना ग¥यो । केसीमा तालिममा सहभागि बने । तालिमपछि केसीले रामलक्ष्मण माहुरी फर्म दर्ता गरे । २५ गोलालाई बढाएर १ सय ३५ गोला पु¥याए ।
लघुवित्तमा आवद्ध भएपछि सस्तो ब्याजदरमा ऋण उपलब्ध भयो । आवश्यक परेको बेलामा निशुल्क रुपमा माहुरी विज्ञ उपलब्ध उसैले गराउँथ्यो ।
उत्पादन भएको महलाई बजारिकरण गर्न व्यवस्थापन गरिदियो । त्यसपछि बल्ल केसी ब्यबसाय अगाडि बढाउन सफल भए ।
त्यस्तै घोराही लक्ष्मीपुरका विपिन खनाल ५ बर्ष विदेश बसेर फर्किए । पहिलो पटक २ वर्ष विदेशमा बिताएर फर्केका खनालले केही बर्ष होटल सञ्चालन गरे । सोचे जस्तो राम्रो गर्न नसकेपछि फेरि दोस्रो पटक बिदेश गए । ३ बर्षपछि घर फर्किए ।
अब आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सोचका साथ बिपिनले पशुपालन गर्ने निधो गरे । जिसीका पशुपंक्षी फर्म दर्ता गरे । अनि भैसी र गाई पाल्न सुरु गरे । भैसी र गाई पालेपछि उत्पादित दूध व्यवस्थापनको जिम्मा लघुवित्त वित्तिय संस्थाले लियो ।
लघुवित्तले घोराहीमा सञ्चालन गरेको हरियो बजारमार्फत दूध बजारिकण हुन थालेपछि बिपिन आज ढुक्क छन् । आफ्नो व्वयसायलाई उर्जा दिने सहयात्री लघुवित्त बनेको बिपिन बताउँछन् । विपिन भन्छन् –‘अहिले म आफ्नो व्यवसायबाट सन्तुष्ट छु । आम्दानी पनि राम्रै छ ।’
उनले मदरासी, भदवार, लोकल जातका गरि १३ वटा भैंसी र होल्याण्ड, जर्सी जातका ५ गाई पालेका छन् । ४० लाखको लगानी गरेका छ । मासिक एक लाख आम्दानी गर्ने गरेको बिपिन बताउँछन् ।

त्यस्तै घोराहीका सागर सुनार १७ बर्षको उमेरमै खाडी मुलुक मलेसीया पुगे । घरको आर्थिक अवस्था जो त्यस्तै थियो । उनी केही गर्न चाहान्थे ।
८ बर्ष मलेसीया बसेर उनी फर्किए ।
सुनारले पनि स्वदेश फर्केर भैंसी पाल्न योजना बुने । लघुवित्तमा जोडिए संगै पशुपालन व्यवसाय छोडे । अनि सुनारले घोराहीमा तरकारी पसल गर्न थाले । पसल गर्दा लघुवित्तबाट सहयोग प्राप्त गरे ।
कृषकहरुको आवश्यकतालाई मध्यनजर गर्दै संस्थाले आफ्नो सेवाहरु विस्तार गर्दै आएको छ ।
संस्थाका लुम्बीनी प्रदेश प्रमुख पवन योगीका अनुसार किसानहरुले कृषी व्यवसाथ गर्दा आवश्यक सल्लाह, उद्यम विकास अधिकृतहरुबाट निशुल्क उपचार सेवा, सस्तो ब्याजदरमा ऋण उपलब्ध, उत्पादन भएको वस्तु बजारिकणमा सहयोग गर्दै आइएको छ ।
कृषकलाई कृषी पेशामा आकर्षित गर्न तालिम गोष्ठी पनि आवश्यकताको आधारमा सञ्चालन गर्ने गरेको योगीले बताए ।
विपन्न परिवारको जिवनस्तर उकास्न संस्था लागि परेको योगीले जानकारी दिए । सदस्यको बिमा, पशुको बिमा लगायत सेवा लघुवित्तले प्रदान गर्दै आएको योगीले बताए ।
नेपाल महिला सामुदायिक सेवा केन्द्रले विक्रम संबत २०६० सालदेखि सुरु भएको लघुवित्तले विपन्न वर्गका ग्रामिण भेगका व्यक्तिलाई समेटेर जिवन स्तर उकान्स सघाउँदै आएको संस्थाको दाबी छ ।
एक बर्ष अगाडी पोखराको जाल्पा लघुवित्तसँगको मर्जर पश्चात जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमीटेडको नाममा यस लघुवित्तले सेवा प्रदान गर्दै आएको छ ।
जस्ले नेपाल राष्ट्र बैंकको स्वीकृतिमा सवल, सक्षम र विश्वसनिय राष्ट्रिय स्तरको लघुवित्त वित्तिय संस्थाको रुपमा रुपान्तरण हुने उद्देश्य लिएको छ ।
यो संस्था लिमिटेडले ६ वटा प्रदेश लुम्बिनी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिमका २८ वटा जिल्लाहरुमा शाखा कार्यालय विस्तार गरि सकेको छ ।
संस्थाकी प्रमुख कार्यकारी निर्देशक बिमला योगीले जसमुदायका विपन्न, द्धन्दपिडित, अशक्त असहाय परिवारका बालबालिकालाई पूर्ण छात्रबृत्ति प्रदान गर्दै ६ सय जना भन्दा बढी युवालाई रोजगार प्रदान गरेको बताइन ।
अवसरबाट बञ्चित महिलालाई लघुवित्तमा आवद्ध गर्दै उद्यमशिलताको क्षेत्रमा महत्वपूर्ण योगदान गरी घर–घरमा रोजगारको सृजना गरेको योगीले बताइन ।
संस्थाको अधिकृत पूँजी २५ करोड, जारी पूँजी १६ करोड रहेको छ । त्यस्तै चुक्ता पूँजी १० करोड ७८ लाख रहेको छ । ३५ वटा शाखाहरु रहेको यस लघुवित्तमा १ वर्षको अवधिमा ९८ वटा शाखा मार्फत ९५ हजार महिलालाई ४ अर्व ६५ करोड लगानी गरेको छ ।
ऋण तथा २ अर्व बचत संकलन गरी महिलालाई प्रत्यक्ष रुपमा बचत, ऋण, बिमा तथा रेमिटान्स लगायतका सेवा प्रवाह गर्न सफल भएको छ । सर्वसाधारणको लागि छुट्टाईएको ५ करोड २२ लाख बराबरको आइपियो शुक्रवारदेखि खुला भएको छ ।
