२०८१ बैशाख १३ गते बिहिवार

कम्यूनिष्टहरुले जनता झुक्याएर चुनाव जिते – दिपक गिरी

सुवाश डिसी – झुपु बुढा क्षेत्री,
दाङ, माघ ६ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले जनताका हरेक सुख दुःखमा साथ दिन आँफु तयार रहेको बताएका छन् । पश्चिम दाङको खयरभट्टी स्थित जन ज्योती प्रबिले बिद्यालय भवन निर्माणमा सहयोगार्थ दाता सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै पुर्ब सिंचाइ मन्त्री समेत रहेका गिरीले राजनीति फाईदाका लागि नभइ सेवाको लागि हुनुपर्ने बताएका हुन । ‘जनताको सेवाको लागि म जतिबेला पनि तयार छु,’ नेता गिरीले भने ‘दुःख पर्दा २४सैं घन्टा मेरो फोनमा फोन गर्नुहोला ।’

उनले कम्यूनिष्टहरुले जनतालाई झुक्याएर जितेको आरोप लगाए । दुई तिहाईको सरकार हुदा समेत कभ्यूनिष्टहरुले सिन्को पनि नभाचेको उनको दाबी छ । ‘हामीले गरेको काममाथि अहिले गफ मात्रै गर्ने काम भइहरेको छ,’ नेता गिरीले भने ।

नेता गिरीले कम्यूनिष्टहरुले झुक्याएर चुनाव जितेको भएपनि अव भने उनीहरुको यथार्थता उदांगो भइसकेको हुँदा चिन्ता नगर्न कार्यकर्तालाई आग्रह गरे ।

आँफु ९ महिना मन्त्री हुँदा पश्चिम दाङमा बिकासको बहार ल्याएको बताउँदै नेता गिरीले कम्यूनिष्टहरुले आगामी ५ बर्षमा त्यसको एक छेउ पनि बिकास गर्न नसक्ने दाबी गरे । निर्वाचन हारेपनी आफ्नो तागतले भ्याएसम्म संधै जनताको सेवा र बिकासमा लागि रहने उनको कथन थियो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष हुमलाल वलीको अध्यक्षतामा भएको कर्यक्रममा पुर्ब सांसद कृष्णकिशोर घिमिरेले पनि काँग्रेसको पालामा बाहेक कम्यूनिष्ट सरकारले केही गर्न नसकेको दाबी गरे । कर्यक्रममा काँग्रेस जिल्ला सचिब शंकरप्रसाद डाँगी, क्षेत्रीय सभापति जगतबहादुर खड्का,नेताहरु शंकर गिरी,केशव आचार्य , शुरेस हमाल, कुलबहादुर केसी, बबई गाँउपालिकाका संयोजक बलबहादुर बुढा, बिद्यालय ब्यबस्थापन समितिका पुर्ब अध्यक्ष इन्द्रबहादुर वली लगायतले काँग्रेसको पराजय संगै प्रजातन्त्र र देशकै पराजय हुने खतारा औंल्याएका थिए ।

कर्यक्रमको सहजीकरण बिद्यालयका प्रधानाध्यापक लिलाधर खड्काले गरेका थिए । बिद्यालय भवन निर्माणका लागि प्रमुख अतिथि गिरीले २५ हजार आर्थिक सहयोग गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु समेत प्रर्दशन गरिएको थियो ।

प्रकाशित मिति : २०७५ माघ ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *