यमकला भुसाल,
तुलसीपुर ६ माघ । राष्ट्रिय सभा सदस्य कोमल वलीले स्वास्थ्यका लागी खेलकुद आवश्यक रहेको बताएकि छिन । राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसीयसन नेपालको आयोजनामा दाङको तुलसीपुरमा शुक्रवारदेखि भएको ३ दिने बृहत खेलकुद प्रतियोगीताको समापन कार्यक्रमलाई आइतवार तुलसीपुरमा सम्बोधन गर्दे उनले यस्तो बताएकि हुन । उनले भनिन, कुनै पनि मानव स्वस्थ रहन खेल अत्यन्तै जरुरी छ,खेलकुदले मानीसलाई धेरै अनुशासीत पनि बनाउछ । खेलकुदले अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने पनि बताइन । खेलकुदले हामीलाई अन्तराष्ट्रिय स्तरमा चिनाउछ,यसमा कुनै भाषा चाहिदैन,बिना भाषा अन्तराष्ट्रिय स्तरमा झण्डा फहराउने हो,उनले भनिन ।
फरक प्रसंगमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी वलीले सस्थांगत विद्यालयहरुलाई सरकारले नियन्त्रणमा लिदैछ भन्ने समाचारहरु विभिन्न सञ्चार माध्यममा आएको कुरा झुठो रहेको दाबी गरिन । निजि क्षेत्रका विद्यालयहरुले राष्ट्रका लागी दिएको योगदानमा सरकारले कुनै कञ्जुसाई नगर्ने बताइन। उनले भनिन,– गुणस्तरीय शिक्षा प्रदान गरेर,गुणस्तरीय नागरीक निमार्ण गर्नका लागी लागेको योगदानलाई राष्ट्रले कदाबी पनि भुल्ने छैन,तपाईहरु माथी अन्याय हुने छैन ।
यो वर्ष सबै भन्दा धेरै कानुन बनाउने वर्ष भएकाले त्यो कानुन बन्ने क्रममा निजी विद्यालयहरुले शिक्षा क्षेत्रमा पु¥याएको योगदानमा शिक्षा मन्त्रालयले अन्याय नगर्ने उनले बताइन । उनले यसको लागी आफुले पनि आवाज उठाउने प्रतिबद्धता जनाइन । शिक्षालाई कसरी सर्वसुलभ बनाउने भन्ने विषयमा सरकार चिन्तीत रहेको पनि उनले बताइन । साथै उनले निजि क्षेत्रको सहभागीता विना सरकार कुनै पनि काममा अगाडी नबढ्ने समेत बताइन ।
कार्यक्रममा नेशनल प्यावसनका प्रदेश ५ का अध्यक्ष सुवोध कुमार डागीँले पछिल्लो सयम सरकारले निजी विद्यालयहरुको १० वर्षे आयु तोकेको प्रति असन्तुष्टी व्यक्त गरे । निजी क्षेत्रले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान पु¥याएको भन्दै उनले लाखौ बालबालिकाको भविष्य प्रति सरकारले खेलवाड गर्न खोजेको बताए । उनले सरकारको मन्त्रीहरुको अभिव्यक्तीबाट बालबालिकामा पर्ने जाने नकारात्कम सन्देशको सम्पुर्ण जिम्मेवारी सरकारले लिनुपर्ने समेत बताए ।
राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसीयसन नेपालका अध्यक्ष भिमबहादुर बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्यावसन दाङका वरिष्ट उपाध्यक्ष मधुसुधन केसीले मुलुकको शिक्षालाई यहाँसम्म ल्याउन प्यावसन र ऐनप्यावसनले महत्वपुर्ण योगदान पु¥याएको बताए । साथै उनले सस्थाँगत विद्यालयहरुको आयु कम छ,टिक्दैनन् भन्ने हल्ला भ्रम रहेको पनि बताए ।
३ दिने बृहत खेलकुद प्रतियोगीतामा नृत्य,फुटशल,झाकी जुलुस,हिसाव दौड,१ सय र २ सय मिटर दौड प्रतियोगीता सम्पन्न भएका थिए ।
जसमध्ये,नृत्य तर्फ डिभाइन टेम्पल एकाडेमी प्रथम,राप्ती बाल एकाडेमी दिर्तिय,श्री गाउँ लाइफ भिजन तृतिय र समा्रट इङलिस बोडिङ् स्कुल सान्तोना भएका थिए ।
त्यस्तै फुटशल तर्फ, सगरमाथा बोडीङ स्कुल प्रथम भएको थियो भने ज्ञानज्याती मावी दिर्तिय भएको थियो ।
उक्त प्रतियोगीतामा तुलसीपुरका विभिन्न विद्यालयहरुको सहभागीता रहेको थियो ।
ऐन प्यावसन दाङका वरिष्ट उपाध्यक्ष बिमल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव ठाकुर डागीँले गरेका थिए ।