२०८२ माघ १० गते शनिवार

कालोपत्रे तत्काल गर्न कांग्रेसको ज्ञापनपत्र

तुलसीपुर,माघ १५ । तुलसीपुर उपमहानगरपालिका कार्यालयले जनतालाई झुक्याउन खोजेको भन्दै नेपाली काङ्ग्रेसले ध्यानाकर्षण गराएको छ ।

तुलसीपुर उपमहानगरपालिकाले सम्बन्धित वडाको सहकार्यमा २०७६/७७ मा ३ किलो मिटर सडक कालोपत्रे गर्न बजेट बिनियोजन गरेपनि २ बर्ष सम्म काम अगाडी नबढेपछि नेपाली काङ्ग्रेसका वडा इकाईबाट दबाब शुरु गरिएको हो ।

यो समस्या प्राय नेपाली काङ्ग्रेसले जितेका वडाहरुमा छ । दबाब स्वरुप नेपाली काङ्ग्रेस तुलसीपुर १४ इकाई समितिले वडा कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको छ ।

१४ नम्बर वडामा वडाको सिमाना कोटियाडाडा देखि हात्तिढुङ्गा सम्म कालोपत्रे गर्ने योजना हो । त्यो बाहेक अरु थप ५ किलोमिटर सडक कालोपत्रे गर्न बजेट छुट्याए पनि २ बर्ष अगाडी हुनुपर्ने ३ किलो मिटर सडक हाल सम्म कालोपत्रे गर्न शुरु नगरेकाले पहिलो चरणको दबाब स्वरुप वडा कार्यालयमा ज्ञापनपत्र बुझाइएको काङ्ग्रेस इकाई सभापति शंकर खड्काले जानकारी दिए ।

ज्ञापनपत्र बुझ्दै पर्शु नारायण चौधरीले तत्काल काम अगाडी बढाउन उपमहानगरपालिकाको कार्यालयमा पहल गर्ने बताए ।

इकाई सभापति खड्काले १८ गते भित्र काम शुरु नगरे वडा कार्यालयमा ताला लगाएर दबाब दिने र त्यत्तिले पनि नपुगे सबै जनता सहित उपमहानगरपालिकाको कार्यालय घेराउ गर्न बाध्य हुने चेतावनी समेत दिए ।

वडाको बजेट कटौति गरि कुल ८ किलोमीटर सडक कालोपत्रे गर्ने निर्णय भएपनि विभिन्न बाहनामा उपमहानगरपालिका कार्यालयले ढिला सुस्ति गर्दै आएको छ ।

पटक पटक वडा अध्यक्षले मेयर सापलाई भन्दा भोलिबाट काम शुरु हुन्छ भन्ने आश्वासन दिएपनि ब्यबहारमा अगाडी नबढेको गुनासो छ ।

पछिल्लो समय त्यसको लागी छुट्याइएको बजेट दुरुपयोग भएको समेत आरोप लाग्दै आएको छ ।

प्रकाशित मिति : २०७८ माघ १५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *