२०७७ मङ्सिर १४ गते आइतवार

लोकतन्त्र कमजोर बनाउन न्यायलयमाथि प्रहारः नेता गिरी

दाङ,५ माघ । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दीपक गिरीले लोकतन्त्रलाई कमजोर बनाउन सरकार न्यायलयलाई कमजोर बनाउन लागेको आरोप लगाएका छन । नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन प्रदेश नं. ५ महाधिवेशन प्रतिनिधिहरुको भेलालाई शनिवार घोराहीमा सम्वोधन नेता गिरीले लोकतन्त्रलाई कमजोर बनाउने गरि सरकार न्यायलयलाई कमजोर बनाउने काममा लागि परेको बताएका हुन । न्यायलयमा विवाद सिर्जना गर्ने र सिनियरका हिसावमा भन्दापनि आफुनिकट न्यायधिश अगाडि बढाउने काममा सरकार लागेको उनले आरोप लगाएका हुन ।

सरकारले संघीय संरचनामा जानुअघि कानुन व्यवसायीहरुसँग व्यापक छलफल गर्न नसक्दा पार्टी पछाडी पर्नु परेको बताएका थिए । लोकतन्त्रका स्तम्भका रुपमा रहेका कानुन व्यवसायीहरु लोकतन्त्रलाई बचाउन सजक हुनुपर्ने बताएका हुन । २०४७ सालको आन्दोलनदेखि हालसम्मका आन्दोलनवाट प्राप्त उपलव्धीमा कानुन व्यवसायीहरुको महत्वपुर्ण भुमिका रहेको समेत उनको भनाई रहेको थियो । बिगतमा पार्टी नेतृत्व र कानुन व्यवसायीका विचमा आपसी सहकार्य नहुदा धेरै ठाउँमा पार्टी झुक्नु परेको भन्दै नेता गिरीले आगामी दिनमा पार्टी कानुन व्यवसायीका विचमा सहकार्य आवश्यक रहेको समेत बताए । ‘पहिले पार्टीका शिर्ष नेताहरु विपी कोइराला,गणेशमान सिंहलगायतका नेताहरुले कानुन व्यवसायीहरुको सल्लाह विना कहिल्यै स्टेटमेन्ट निकाल्नु भएन’,नेता गिरीले भने,‘वर्तमान नेतृत्वले समन्वय नगर्दा अहिले पछुताउनुपर्ने स्थीति आएको छ।’ पार्टीलाई सृदृढ र व्यवस्थीत बनाउनकालागि कानुन व्यवसायी र पार्टीका बिचमा सामिप्यता हुन आवश्यक रहेको बताए ।

त्यस्तै नेता गिरीले वर्तमान सरकारले जनताको आकाक्षालाई सम्वोधन गर्न नसकेको बताए । जनताले कम्युनिष्ट सरकारलाई दुईतिहाई मत दिएपनि सरकारले त्यसको सदुपयोग गर्न नसकेको बताएका थिए । जसका कारण जनताले देशमा शान्ति,समृद्धि र सुशासनको अनुभुति गर्न नपाएको उनको भनाई थियो ।

कार्यक्रममा नेपाल डेमोक्रेटिक लयर्स एशोसियसनका केन्द्रीय अध्यक्ष योगेन्द्र अधिकारीले न्यायालय क्षेत्रमा समस्या सिर्जना भएको बताए । सरकारले बरिष्ठ न्यायधिशलाई मिचेर बरियतामा पछाडी परेका व्यक्तिलाई न्यायधिश बनाउन सक्ने अधिकार भएपनि न्यायपरिषदवाट हटाउन नस्कने उनको भनाई थियो

त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य तथा प्रदेश नं. ५ का लेखा समिति सदस्य डिल्लीबहादुर चौधरीले गुटउपगुटका कारण पार्टी कमजोर हुने भन्दै आपसी मतभेद त्यागेर पार्टीलाईका लागि नेता तथा कार्यकर्ताहरु लाग्नुपर्ने बताए । अर्का प्रदेश सभा सदस्य अर्जुनबहादुर श्रेष्ठले देशमा प्रजातन्त्र स्थापनादेखि संघीय लोकतान्त्रीक संविधान निर्माणमा कानुन व्यवसायीहरुको महत्वपुर्ण भूमिका रहेको बताए ।

त्यस्तै कार्यक्रममा बोल्ने बक्ताहरुले न्यायलयमा देखिएका समस्याहरु समाधानका लागि पार्टी नेतृत्वले ध्यान दिनुपर्ने बताएका थिए । कानुन व्यवसायीको पार्टीमा योगदान रहेपनि पार्टीमा सस्थागत सहकार्य नहुदा पार्टी कमजोर हुने भएकाले पार्टी र सस्थाका विचमा सहकार्य हुनुपर्ने बताएका थिए ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन प्रदेश नं. ५का संयोजक गोकर्णंिसङ थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एशोसियसनका केन्द्रीय उपाध्यक्ष घनश्याम पन्त, बरिष्ट अधिबक्ता दिपककुमार रेग्मी, बरिष्ट अधिवक्ता गोपाल पाण्डेय‘अल्छी’,बरिष्ट अधिवक्ता भोलासिंह हमाललगायले सुभकामन मन्तव्य व्यक्त गरेका थिए । अधिबक्ता गोमा महराको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजीकरण नेपाल डेमोक्रेटिक लयर्स एशोसियसन प्रदेश नं. ५ समितिका सचिव माधव घिमिरेले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *