२०८३ जेष्ठ ३० गते शनिवार

प्रहरीले भारतबाट पक्राउ गरी ल्याएका नाइके यमराजको थुनछेक बहस भोलि

दाङ, माघ ११। कारागारबाट भागेपछि प्रहरीले भारत पुगेर पक्राउ गरी ल्याएका तुलसीपुर कारागारका तत्कालीन नाइके यमराज परियारको थुनछेक बहस बुधबारमात्रै हुने भएको छ।

परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले आज जिल्ला अदालतमा उपस्थित गराएको थियो। तर समय अभावका कारण आज थुनछेक बहस हुन नसकेपछि प्रहरी हिरासतमै राख्न भनिएको जिल्ला अदालत दाङका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए।

परियारको थुनछेक बहस बुधबार हुनेछ।परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए। कर्तव्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो।

जेलबाट भागेर भारत गई लुकेर बसेका परियारको खोजीमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको थियो। प्रहरीले केही दिनअघि उनलाई भारतबाट पक्राउ गरी ल्याएको थियो। प्रहरीले उनलाई सोमबार सार्वजनिक गरेको थियो।

प्रकाशित मिति : २०७८ माघ ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *