२०७७ मङ्सिर १७ गते बुधवार

३ सय क्षमता भएको कारागारमा ४ सय ११ कैदीबन्दी

यमकला भुसाल,
तुलसीपुर, माघ ५ । दाङको तुलसीपुरमा रहेको कारागारमा क्षमता ३ सयको भए पनि त्यहाँ अहिले ४ सय ११ जना कैदिबन्दी छन । कारागारका एच.ए दोर्ण वलिले हाल कारागारमा ३ सय ७९ पुरुष,२७ महिला र ५ आश्रीत बालबालिका सहित ४ सय ११ कैदिबन्दी रहेको जानकारी दिए ।

उनका अनुसार उक्त कारागारको पुरानो भवनमा १ सय ३७ पुरुष छन भने ३२ जना महिला कैदिबन्दी रहेका छन । त्यस्तै नयाँ भवनमा २ सय ४२ जना कैदिबन्दी छन ।

कारागारमा सबैभन्दा धेरै जबरजस्ती करणी मुद्धाका १ सय ४० जना छन । जसमध्ये बिदेशी पुरुष तर्फ कैदी ३ जना छन भने पुरुष कैदी तर्फ १ सय ४० जना छन । त्यस्तै कर्तव्य ज्यान मुद्धाका ६० जना छन । जसमध्ये पुरुष कैदी ८६ जना र थुनुवा १ जना छन । त्यस्तै महिला कैदी ६ जना र थुनुवा १ जना छन भने आश्रीत बालीका १ गरि ९७ जना कैदिबन्दी छन । त्यस्तै अपहरण तर्फ १९ जना,डाकाँ चारी मुद्धा तर्फ १५ जना,जिउ मास्ने बेच्ने मुद्धा तर्फ १५ जना,बहुविवाह मुद्धा तर्फ १५ जना कैदिबन्दी छन । त्यस्तै चोरी मुद्धा तर्फ १८जना,ज्यान मार्ने उद्योग तर्फ ६ जना, गौवध तर्फ ३ जना,अप्राकृतिक मैथुन तर्फ २ जना,आगो लगाएको ३ जना,ठगी ५ जना,वन पैदावार तर्फ ३ जना,सवारी ज्यान तर्फ ५ जना, अगंभगं तर्फ १ जना,केही सार्वजनिक अपराध तर्फ २ जना र अन्य तर्फ २ जना गरि ४ सय ११ जना कैदिबन्दी छन ।

उक्त कारागारमा शुक्रवार मानव अधिकार तथा सान्ती समाज दाङ शाखाले अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा महलिाहरका लागी स्वाथ्य चेकजाचका लागी महिला डाक्टर नहुदा समस्या भएको महिला कैदी बन्दीहरले बताएका छन । पुरुषहरुका पुरुष डाक्टर हुनुहुन्छ’ एक महिला कैदीले भनिन‘तर महिलाहरुका लागि छुट्टै डाँक्टर नहुँदा आफ्ना समस्या खुलाउन समस्या हुन्छ ।’

शान्ति समाजका केन्द्रीय महासचिब सुसिल बस्नेतको नेतृत्वमा गएको टोलीले कारागारको अबस्थाको बारेमा अनुगमण गरेको थियो । त्यसअवसरमा पुरानो कारागारमा शौचालय नभएको , कैदीबन्दीले बनाएका मुडा, ढाँकाको टोपी, पर्स, सिरकडसना,लगायले मुल्य नपाएको पनि गुनासो गरेका थिए ।

साथै त्यस अवसरमा कैदीबन्दीहरुले अफ्नो दैनिक पारिश्रमीक पनि बढाउनुपर्ने बताएका थिए । उनीहरुले अहिले पारिश्रमीक दैनिक ६० रुपैयाँ रहेको र उक्त पारिश्रमीकले एक छाक खान नपुग्ने पनि बताएका थिए । ‘ दैनिक ६० रुपैयाँ परिश्रमीकको रुपमा सरकारले छुट्याएको थियो’ उनले भने‘ तर उक्त रुपैयाँले हामीलाई बिहान ३० रुपैया र साँझ ३० रुपैयाले खाना खानुपर्छ, तपाई आफै भन्नुस, ३० रुपैयाँको खान कस्तो हुन्छ ।’

अनुगमणका क्रममा शान्ति समाज दाङका अध्यक्ष शरद रेग्मी, संस्थापक अध्यक्ष डिल्लीराज धित्तला, पूर्ब केन्द्रीय मोहन धित्ताल, पुर्बकेन्द्रीय सदस्य निर्मल नेपालीलगायतकाको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ माघ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *