२०८३ साउन ६ गते बुधवार

नेपाल रेड्क्रस सोसाइटी गढवा उपशाखाको सभापतिमा दयाराम यादव चयन


दुख हरण यादव,गढवा माघ ८ । नेपाल रेड्क्रस सोसाइटी गढवा उपशाखाको सभापतिमा दयाराम यादव चयन भएका छन ।
नेपाल रेड्क्रस सोसाइटी गढवा उपशाखाको १८औ साधारण सभा तथा ८औ अधिबेशनले दयाराम यादव सभापति रहने गरि ११ सदस्यिय नया कार्यसमिति चयन गरेको छ ।
२ बर्स कार्यकाल रहने गरि चयन गरिएको कार्यसमितिमा उपसभापतिमा शारदा पौडेल,सचिबमा भरत अधिकारी,कोषाध्यक्षमा महेश अधिकारी,सह सचिवमा राम दास यादव(आर.डि),सह कोषाध्यक्षमा नागेन्द्र प्रसाद यादव र सदस्यहरुमा सरस्वती योगि,हिरालाल चौधरी,तुलशि राम भुसाल,मोहन कुमार पाण्डे र युवराज आचार्यलाइ चयन गरिएको छ ।
बिहिबार भएको निर्बाचन कार्यक्रम अनुसार उपसभापति बाहेक सबै पद निर्बिरोध निर्बाचित भएको थियो भने उपसभापति पदको लागि निबर्तमान सचिव मधा न्यौपाने र शारदा पौडेल बिच शुक्रबार निर्बाचन भएको थियो ।
उपसभापति पदको लागि शुक्रबार भएको निर्बाचनमा जम्मा खसेको २९८ मतमा संयुक्त गठबन्धन प्यानेलकि शारदा पौडेल १४० मत प्राप्त गरि निकटतम प्रतिद्वन्द्वी मधा न्यौपाने लाइ ६ मतको अन्तरले पराजित गर्दै उपसभापति पदमा बिजयि भएकी हुन । रेड्क्रसकि निबर्तमान सचिव मधा न्यौपानेले कुल १३४ मत प्राप्त गरिन । खसेको कुल २४ मत बदर भएको निर्बाचन अधिकारि प्रकाश श्रीबन्दले बताए ।
निर्बिरोध तथा निर्बाचन बाट चयन भएका सम्पुर्ण नया पदाधिकारीलाइ निर्बाचन अधिकारि प्रकाश श्रीबन्द संयोजक रहेको निर्बचन समितिमा बिनायक पौडेल,लक्ष्मण निरौला,देवि प्याकुरेल र दिपक यादव रहेको समितिले प्रमाण पत्र बितरण गर्दै पदभार ग्रहण गराएको थियो ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *