२०८१ चैत्र १४ गते बिहिवार

व्यक्तीवादी सोच त्याग्नुपर्छ : डा. महत

यमकला भुसाल,
तुलसीपुर ,३ माघ। नेपाली कांग्रेसका नेता डां रामशरण महतले व्यक्तीवादी सोच त्यागेर सामुहिक पद्धतीबाट अघि बढ्नुपर्ने बताएका छन । नेपाली कांग्रेस दाङले बिहिवार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दे डा. महतले  भने ‘हामी व्यक्तिवादी  सोचमा छौँ अब त्यो सोच त्यागेर सामुहिक रपमा मिलेर अघि बढ्नुपर्छ’ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता महतले कांग्रेस भित्र ठुलो चुनौती रहेको बताउदै नेतृत्वलाई सुधार गरेर अगाडी बढ्न सबैलाई आग्रह गरे । सबल पक्ष भनेको इतिहास हो,पार्टीलाई हामीले पुनं शक्तिशाली बनाउन सक्छौँ, त्यसका लागी सबै एक भएर लाग्नुपर्छ,उनले भने ।

उनले राष्ट्र्रीय गौरबका योजनाहर काग्रेसकै समयमा सुर भएको पनि बताए । स्थिर परिस्थीतीमा अर्थतन्त्रलाई बचाएर सरकारलाई अहिलेको अवस्थामा ल्याउने एक मात्र पार्टी नेपाली काग्रेस हो, उनले दाबी गरे ।

उनले अहिले संविधान कार्यान्वयनमा समेत समस्या देखिएको बताए । अहिले देश पनि चुनौतीपुर्ण अवस्थामा छ ,सविधान निमार्ण गर्न जति गा¥हो भयो,कार्यान्वयन गर्न त्यो भन्दा २ गुणा चुनौती र अप्ठयारो छ । सस्ता कुरा गरेर देश विकास हुदैन,उनले भने ।

उनले देश आर्थिक रपमा पनि भताभुगं भएको बताए । सविधान बिघटन गर्ने विकृति फैलिएको छ,अहिलेको सरकार प्रति जनता निरास छन,उनले भने । साथै उनले केन्द्रले नै जथाभावी कर लगाउदाँ स्थानीय तहले पनि संविधानको ठिक विपरीत रपमा गएर कर लगाएको ठोकुवा गरे ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दे विशिष्ट अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले दुर्दशीताको कमीले नेपाली काग्रेस पछि पर्न गएको बताए । उनले भने – व्यवस्थापन र दुर्दशीताको कमीले पार्टी चुनावमा पछि परेको हो अब सघियताको मुल मन्त्रलाई उठाएर अघि बढ्नुपर्छ ।

फरक प्रसंगमा बोल्दै उनले प्रदेश नं ५ को राजधानी दाङ नै उपयुक्त भएको दाबी समेत गरे ।

नेपाली कांग्रेसका जिल्ला सभापती कृतिबहादुर खड्काको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेसका प्रदेश ५ का प्रदेश सभा सदस्य अर्जुन क्षेष्ठ,पुर्व सासंद कृष्ण किसोर घिमीरे,पुर्वसासंद बुद्धिराम भण्डारी,पुर्व सासंद राजु खनाल,महासमिती सदस्य देवीका नेपाली लगाएतले हचुवाको भरमा सरकारले गरेको निर्णयलाई खारेज गर्नुपर्ने बताए ।

नेपाली कांग्रेस दाङका उपसभापती कमाङसिङ भारतीको स्वागत मन्तव्यबाट सुर भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिव शकंर डागीँले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *