२०८३ भाद्र १० गते बुधवार

पर्यटन मन्त्री प्रेम आलेलाई कोरोना संक्रमण

काठमाडौं,माघ ३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ।

आज बिहान एन्टिजेन्ट परीक्षण गर्दा उनलाई कोरोना संक्रमण देखिएको हो।

‘रूघाखोकी र पखला लागेपछि एन्टिजेन्ट परीक्षण गरेको थिएँ, पोजेटिभ रिपोर्ट आयो,’ मन्त्री आलेले भने, ‘पिसीआरका लागि स्वाब दिएको छु, बेलुकीसम्म रिपोर्ट आउला।’

आफूलाई ज्वरो पनि आइरहेकोले निवासमा आराम गरिरहेको मन्त्री आलेले जानकारी दिए।

‘काम धेरै थियो, बिरामी परेर बर्वाद भयो,’ उनले भने, ‘आशा छ भरैको रिपोर्ट नेगेटिभ आउला।’

मन्त्री आले पछिल्लो समय अनुगमनलगात काममा व्यस्त थिए।

प्रकाशित मिति : २०७८ माघ ३ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *