२०८१ बैशाख ७ गते शुक्रवार

‘सरकारले हरेक क्षेत्रलाई पार्टी मुखी बनायो’ – डा . रामशरण महत

घोराही, माघ ३ । नेपाली कांग्रेसका नेता डा. रामशरण महतले सरकारले हरेक क्षेत्रलाई पार्टी मुखी र कार्यकर्ता मुखी बनाउँदै लगेको बताएका छन् । नेपाल प्रेस युनियन दाङले विहीवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्री समेत रहेका महतले सरकारका कारण संविधान कार्यान्वयन हुनेमा आशंका जन्मिएको बताएका हुन ।

‘वर्तमान सरकार संविधानमुखी नभई पार्टी मुखी बनेर चलिरहेको छ,’ नेता महतले भने । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिका मिठा कुरा गरेपनि काम भने हरेक क्षेत्रमा शून्य रहेको दाबी गरे । गफ मात्रै गर्ने तर काम कुनैपनि नगर्ने प्रवृतिका कारण वर्तमान सरकार बाट मुलुकमा कुशासन निम्तिएको नेता महतको तर्क छ ।

नेपाली जनताले कांग्रेसको अपेक्षा गरिरहेको बताएका उनले कांग्रेस आफ्नो आन्तरिक व्यवस्थापनमा भने चुकेको तर्क गरे । नेतृत्वको कमजोर कार्यशैलिका कारण कांग्रेस माथि उठ्न नसकेको भन्दै उनले पार्टीको आन्तरिक व्यवस्थापन महत्वपूर्ण रहेको धारणा राखे । एक अर्को प्रसंगमा उनले वाईडबडी प्रकरणमा सभापति शेरवहादुर देउवाको नाम अनाहकमा जोडिएको दाबी गरे ।

वाईडबडी प्रकरणमा देउवाको कुनै संलग्नता नरहेको भन्दै उनले छानवीन भएपछि मात्रै सत्य तथ्य बाहिर आउने बताए । नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षमा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव आरके सितलले गरेका थिए ।

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *