२०८१ माघ ३० गते बुधवार

संविधानले जनतालाई अधिकार दिएको छ : अध्यक्ष दाहाल

हेटौँडा, माघ ३। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ संविधानले नेपाली जनतालाई अधिकारको व्यवस्था गरेको बताएका छन ।

मकवानपुरको वाग्मती गाउँपालिकाको भवन उद्घाटन गर्दै उनले नेपालको संविधानमा भएको मौलिक अधिकारको व्यवस्था विश्वको उत्कृष्टमध्ये एक भएको बताए । गाउँपालिकाको वडा नं ४ झुरझुरेमा बनेको भवन रु ९० लाख लगानीमा बनेको हो ।

अध्यक्ष दाहालले भवन उद्घाटनसँगै जनयुद्धका क्रममा विसं २०६२ माघमा भिडन्त भएको स्थानमा निर्माण हुन लागेको शहीद पार्ककोसमेत शिलान्याश गरे । सदरमुकामबाट ५८ किमी पूर्वमा रहेको सो गाउँपालिकाले अहिले गाउँतहमा गएर जनतालाई स्थानीय सरकारको प्रत्याभूति गराएको अध्यक्ष सर्केश घलानले बताए।

अध्यक्ष घलानले सो गाउँपालिकाको ८० प्रतिशत जमीनको लालपूर्जा नभएकाले पहल गरिदिन अध्यक्ष दाहाललाई अनुरोध गरेका थिए । कार्यक्रममा प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र कुमारी मोक्तान, जिल्ला समन्वय समिति प्रमुख रघुनाथ खुलाललगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २०७५ माघ ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *