२०८३ भाद्र ११ गते बिहिवार

दुर्घटना विमा रकम हस्तान्तरण

तुलसीपुर,पुस २९ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.शाखा कार्यालय दाङले दुर्घटना बिमा रकम हस्तान्तरण गरेको छ ।

बिहिवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि शाखाले झण्डै एक करोड बराबरको दुर्घटना विमा रकम हस्तान्तरण गरेको हो ।

तिहार लगत्तै सल्यानबाट दाङ तुलसीपुर आउने क्रममा कपुरकोट गाँउपालिका वडा नंं ५ खारखोलामा भएको बस दुर्घटनामा १२ जना यात्रुको मृत्यु भएको थियो ।

ति मृतक परिवारलाई पाँच÷पाँच लाखका दरले ६० लाखको चेक रकम र दाङ देखि काठमाण्डौ तर्फ जाने क्रममा बुटवल नारायणघाट सडक खण्डको गडरखोलामा भएको ट्रक र बलेरो गाडि दुर्घटनामा सानो गाडिपुर्ण रुपमा क्षती भएकोले पिडीत मिना कुमारी खत्रीलाई २२ लाख ९१ हजार क्षतीपूर्ती रकम हस्तान्तरण गरिएको छ

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का दाङ शाखा प्रमुख तुफान सापकोटाका अनुसार विमितहरुले दुर्घटनाको फाईल पेस गरेको १५ दिन भित्र विमा रकम हस्तान्तरण बताए । विमितहरुले दुर्घटना भएको फाईल कार्यालयमा पेस गर्न ढिला सुस्ती गर्ने र कार्यालयमा पेस गरेका फाईलहरु अपुरो पेस गर्ने,गरेकोले विमा कम्पनीहरुलाई दोष दिन नमिल्ने बताए ।

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लि.का दाङ शाखा प्रमुख तुफान सापकोटाको अध्यक्षता तथा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का प्रशासनिक सचिव प्रकाश भट्टको प्रमुख आतित्यतामा भएको कार्यक्रममा शाखाका मार्केटिङ चेतकान्त भुसाल(किरण), त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का दुर्घटना प्रमुख विमल गुप्ता लगाएतकाले मतव्य व्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लि.का प्रशासनीक सचिव प्रकाश भट्ट र दुर्घटना प्रमुख विमल गुप्तालाई चेक रकम हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति : २०७८ पुष २९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *