२०८३ असार २८ गते आइतवार

नरभक्षी बाघ नियन्त्रणमा लिन चितवनबाट प्राबिधिक टोली बाँके पुग्यो

दाङ, पुस २७ । नरभक्षी बाघको पहिचान र नियन्त्रणमा लिनका लागि चितवनबाट चार सदस्य प्राबिधिक टोली सोमबार बेलुका बाँके पुगेको छ ।
प्राबिधिक टोलीमा भेटनरी डाक्टरदेखि सार्पसुटर समेत संलग्न रहेका छन् ।


बाँके राष्ट्रिय निकुञ्जको सीमाबर्ती क्षेत्र राप्ती सोनारी गाउँपालिका क्षेत्रको सामुदायिक वनमा घाँस दाउरा लिन गएका दुई महिलाको पुस २२ र २४ गते दुई दिनको अन्तरमा बाघले ज्यान लिएको थियो ।


स्थानीय सर्वसाधारण त्रसिद बनेको हुँदा नरभक्षी बाघको पहिचान गरि नियन्त्रणमा लिने प्रयास स्वरुप निकुञ्ज प्रशासनले चितवनबाट प्राबिधिक टोली बोलाएको हो ।

राप्ती गाउँपालिका वडा नं. ४ अन्तरगतको जलन सामुदायिक वन र वडा नं. ६ को शिद्धेश्वरी सामुदायिक वन क्षेत्र र आसपासका क्षेत्रमा मंगलबारदेखि नरभक्षी बाघको खोजी तथा पहिचान गर्ने कार्य सुरु भएको डिभिजन वन कार्यालय बाँकेका सूचना अधिकारी गणेश खड्काले जानकारी दिए ।

बाघ पहिचान गर्न क्यामेराको प्रयोगदेखि, राँगा वा पाडो राखेर चारो राखिने भएको छ । बाघको पहिचान भइसकेपछि रुखमा लुकेर बस्ने सार्प सुटरले लठ्याउने गोली हानेर बाघ नियन्त्रणमा लिन प्रयास गरिने छ ।


बाघको खोजी र पहिचानका लागि मंगलबादेखि दुईवटा हात्तीसहित नेपाली सेना, डिभिजन वन कार्यालय, भेटनरी डाक्टर र सार्प सुटरको टोली जंगलमा खटिन थालेको छ ।


बाघले बाँकेको राप्ती सोनारी र नरैनापुर क्षेत्रमा भदौ यता चार जना सर्वसाधारणको ज्यान लिइ सकेको छ ।

यो पनि

बाँकेमा फेरि पात टिप्न गएकी एक महिलाको बाघले लियो ज्यान

https://farakkon.com/main-news/42122/

प्रकाशित मिति : २०७८ पुष २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *