तुलसीपुर, पुस २५ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ गणेशपुरमा रहेको राप्ती शान्ति उद्यान (पार्क) पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएको छ । द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थापना गरिएको पार्क पछिल्लो समय यस क्षेत्रको अत्यन्त पर्यटकहरुले रुचाइएको पर्यटकीय स्थल बन्न सफल भएको छ । जहाँ किसोर–किसोरी,युवा–युवती,बालबालिका देखि जेष्ठ–नागरिकहरु अवलोकन गर्न पुग्ने गर्दछन ।
प्रस्तुत छ,– राप्ती शान्ति उद्यान (पार्क) व्यवस्थापन समितिका अध्यक्ष डिल्ली भण्डारीसगं फरककोणकर्मी यमकला भुसालले गरेको सारसंक्षेप कुराकानी ।
– राप्ती शान्ति उद्यानको स्थापना कहिले भएको थियो ?
द्वन्द्वकालमा शान्तिको सन्देश दिने उद्देश्यले स्थानीय गणेश सामुदायिक वन समुहको अगुवाईमा २०५९ साल माघ १० गते स्थापना भएको हो ।
त्यो समयमा उक्त सामुदायीक बन अतिक्रमणमा परि विभिन्न घर–टहराहरु बनिसकेको थियो । त्यसलाई स्थानीय बनसमुहका उपभोक्ता, बुद्धिजीवी, व्यापारी, नागरिक अगुवा र सरकारी निकायको पहलमा ति घर–टहराहरु हटाएर बृक्षारोपण गरिएको थियो ।
केही समय पछि सबैको सल्लाहमा उक्त क्षेत्रलाई एउटा पार्कको रुपमा परिणत गर्ने निर्णय भएपछि पार्कको रुपमा परिचित गराउन सफल भएका हौ ।
–पार्कमा आउने पर्यटकहरुले सबैभन्दा रुचाइएको चिज के हो नी ? यसलाई थप आकर्षण गर्न आगामी योजना के छ?
पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले पछिल्लो समय सबैभन्दा रुचाइएको भनेको भगवान गौतम बुद्धको शालिक नै हो । राप्ती शान्ति उद्यान पार्क भनेर नामाकरण अनुसारको काम हुन सकेको थिएन । तर २ वर्ष भैसक्यो नाम अनुसार बुद्धको मुर्ति स्थापना गर्न सफल भयौ । उक्त मुर्तिको अनावरण तत्कालिन मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुभएको थियो ।
दाङ जिल्लाको तुलसीपुर नगरिको काखमा रहेको राप्ती शान्ति उद्यान प्राकृतिक रुपले शान्ता बातावण,वरिपरि बनजंगल भएको एकदमै रमणीय स्थल भएकोले पनि त्यहाँ आउन पर्यटकहरुले बढी रुचाउनुभएको होकी भन्ने लाग्छ । आगामी दिनमा यसलाई थप आकर्षण गर्न आर्थिक कै खाँचो पर्छ ।
पार्क भनेको यस्तो चिज हो सौन्दर्यकरण गरेर नसकिदो रहेछ । यसको सौन्दर्यकरण बढाउने सन्दर्भमा तत्कालका लागि भन्ने हो भने पार्कमा कृतिम जलासयको आवश्यकता छ । त्यो चिज हामीसगै छैन । त्यसको लागि हामी प्रयासरत छौँ । कृतिम जलासय भयो भने पार्कमा आउने पर्यटकहरु डुगांमा बोटिङ् गर्दै थप मनोरञ्जन लिन सक्थे भन्ने विस्वास छ ।
हामीलाई कहि कतैबाट बजेटको प्राप्त भयो भने तत्कालै जलासय बनाउने तयारीमा लाग्ने छौँ । अहिले पार्कमा पानीको फहराहरु,झरना सहितको ढुगें पहाड,मानव चिम्पाङजि,पिङ,चिडिया खाना,गाडे«न,रेल, लगाएत विभिन्न थरिका आकर्षक चिजहरु छन । त्यति मात्र होइन हामीले १सय ३०÷३५ प्रजातिका बहुमुल्य बनस्पति,जडिबुटीहरुलाई जर्गेना गरेका छौँ । जस्तै श्रीखण्ड,रुद्राक्ष । ता कि बन सम्बन्धी पढ्ने विद्यार्थीहरुले प्रत्यक्ष बिरुवाहरु अवलोकन गर्न पाउनुहुने छ उद्देश्यका साथ त्यसलाई अगाडी बढाइरहेका छौं । बोटानिकल गार्डेनलाई जोड दिइराखेका छौँ । पार्कको थप आर्कषण भनेको शान्त बातावरण नै हो ।
–प्रवेश शुल्क कति छ ? अपांग,जेष्ठनागरिक र विद्यार्थीहरुलाई छुटको व्यवस्था छ÷छैन ?
पहिले म अध्यक्ष भएर आउँदा रु.१५ रुपैया थियो । पछि नयाँ संरचनाहरु बनाउदै,आकर्षणका केन्द्रबिन्दुहरु थप्दै जाँदा अहिले पार्कमा आउने पर्यटकहरुका लागि प्रतिव्यक्ती रु.३० रुपैया लिने गरेका छौँ । हामीले विद्यार्थीहरका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेका छौँ भने अपांग र जेष्ठनागरिकलाई निशुल्क प्रवेशको व्यवस्था गरेका छौँ ।
–दैनिक कति पर्यटकहरु आउँछन् ? पार्कबाट वार्षीक कति आम्दानी हुन्छ ?
दैनिक सरदरमा भन्नुपर्दा ४ सय बढी पर्यटकहरु अवलोकन,घुमघाम गर्न र बनभोजका लागि आउनुहुन्छ । बार्षिक रुपमा चराचुरुंगी,जनावर,कर्मचारी खर्च कटाएर कम्तिमा ६÷७ लाख आम्दानी हुन्छ । उक्त रकम पार्कको भौतिक संरचना मर्मत लगाएतका कार्यमा प्रयोग गर्दै आएका छौँ ।
–पार्कमा रहेको चिडिया खाना (मिनिघर) को अवस्था कस्तो छ ?
सम्रगमा भन्नुपर्दा राम्रै छ । हामीले जिल्ला बन कार्यालयसगंको समन्वयमा मानवको अतिक्रमणमा परेका,घाइते अवस्थामा भेटिएका,अलपत्र परेका बन्यजन्तुहरु लिन्छौँ र राष्ट्रिय विभागबाट डाक्टरहरु बोलाएर औषध उपचार गराउछौँ । ति बन्यजन्तुहरुले पनि पर्यटकहरुलाई थप आकर्षण गर्न टेवा पु¥याएका छन । अहिले मिनिघरमा १ चितल,१ दुम्सी,३ वटा बाँदर,खरायो,चितुवा,३ वटा राजा हाँस लगाएतका बन्यजन्तुहरु छन ।
–पार्कमा संरचना निमार्णका लागि कहाँ–कहाँबाट सहयोग प्राप्त भयो ?
राप्ती शान्ति उद्यानको सौन्दर्यकरण बृद्धिका लागि भनेर म अध्यक्ष भएर आएपछि सबैभन्दा बढी पर्यटक बन तथा बातावरण मन्त्रालय लुम्बनी प्रदेश सरकारबाट २ करोड बजेट बिनियोजन भएको थियो । स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकाबाट ३० लाख, पर्यटक बोर्डबाट ७ लाख बजेट बजेट प्राप्त भएको थियो ।
– मैले केही सोध्न छुटाएकी ?
राप्ती शान्ति उद्यान दाङ जिल्लाको पर्यटकीय स्थलको गहनाकै रुपमा चिनिन्छ । आगामी दिनमा यसलाई थप आर्कषणको केन्द्र बनाउन स्थानिय,प्रदेश र सघंीय सरकारले मध्येनजर राखेर बजेट बिनियोजन गर्नेछ भन्ने विस्वास लिएको छु । अन्त्यमा हजुर लगाएत फरककोण अनलाइन परिवारप्रति बिषेश आभार प्रकट गर्दछु ।