२०८३ भाद्र ११ गते बिहिवार

तुलसीपुर खानेपानीका पदाधिकारीलाई स्वागत तथा बिदाई

तुलसीपुर,पुस २५ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरससफार्ई संस्थाका नबनिर्बाचित पदाधिकारीलाई स्वागत तथा निबर्तमान पदाधिकारीहरुलाई बिदाइ गरिएको छ ।

तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ सस्था कर्मचारी युनियनले एक कार्यक्रमको आयोजना गरि स्वागत तथा बिदाइ कार्यक्रम गरेको हो ।

कार्यक्रममा न्याय परिषदका पुर्व सदस्य पदम बैद्धिकले अबैतनिक रूपमा उपभोक्ताको सम्बन्धसगं जोडिएर काम गर्न आग्रह गरे ।

खानेपानी अहिले नयाँ सविंधानले मौलिक हकको कार्यान्वयन गर्ने पाटो तपाईहरुको जिम्मामा दिएको छ,उनले भने,‘तपाई नितान्त राज्यको निकाय त होइन तर राज्यको निकायको काम गर्ने अगं हुनुहुन्छ,जसको जिम्मेवारी तपाईहरुले पाउनुभएको छ ।

उनले पटक–पटक ढल्ने गरेको तुलसीपुर खानेपानी संस्थाको सवालमा राजनितिक दल सधै सकारात्मक रहेको बताए ।

निष्ठा पुर्वक साधना गर्न जो व्यक्ती सफल हुन्छ,त्यसले नै जित हासिल गर्ने छ,उनले भने,‘त्यसैले नवनिर्वाचित कार्यसमितिले उपभोक्ताहरुलाई शुद्ध पानी खुवाउन सकेमा दिर्घजिवन प्राप्त गर्ने अधिकार मिल्ने छ ।

उनले खानेपानी संस्थाले बिधान परिमार्जन गर्ने बिन्दुमा आइपुगेको बताए ।

उपभोक्ता धेरै भएकै कारण संकटकालमा सिनेमा हल बुकिङ गरेर साधारण सभा गर्ने स्थिती पैदा भएको थियो,बैद्धिकले स्मरण गर्दै भने,‘ त्यसपछि नयाँ सोचका साथ साधारण सभालाई निर्वाचनको रुपमा लैजाने गरि परिषद प्रणाली निमार्ण ग¥यौ र कार्यसम्पादनबाट काम सुरु ग¥र्यौ,अब फेरी साधारण सभाको रुप अनेत्रै गएको होकी भन्ने लाग्यो’। खानेपानीको विधानलाई संस्थागत गर्नुपर्ने उनको भनाई छ ।

कर्मचारी युनियन तुलसीपुरका अध्यक्ष सुशिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा खानेपानीका नवनिर्वाचित अध्यक्ष एमकान्त भण्डारीले निर्वाचित भइसकेपछि थप जिम्मेवारी थपिएको बताए ।

उनले खानेपानीमा आवद्ध आम उपभोक्तालाइ सहज रुपमा पानी उपलव्ध गराउनु आफ्नो पहिलो दायित्व भएको बताउँदै सबैलाइ समेटेर निष्ठा र इमान्दारिता पुर्वक अघि बढने प्रतिबद्धता व्यक्त गरे ।

उनले कार्यालय भित्रको कर्मचारीको मस्यालाई समाधान गर्न गहिरिएर जाने समेत बताए ।

सो अवसरमा नेपाली कांग्रेसका तुलसीपुर नगरका अध्यक्ष सुरेश हमाल,कांग्रेस नेता सोभाकर सापकोटा,नेकपा माओवादी केन्द्रका तुलसीपुर नगर अध्यक्ष खुसिराम चौधरी,जनमोर्चाका शुक्रराज भण्डारी,बेलझुण्डी खानेपानीका अध्यक्ष प्रदिप गौतम,लमही खानेपानीका उपाध्यक्ष लिला शाह लगाएतले खानेपानीको सुबिधाबाट बन्चित भएका उपभोक्ताहरुलाई पहिलो प्राथमिकतामा राखेर पानी खुवाउन बिषेश पहल गर्न नयाँ कार्यसमितिलाई सुझाव दिए ।

उक्त कार्यक्रमको सहजीकरण तुलाराम भण्डारीले गरेका थिए ।

प्रकाशित मिति : २०७८ पुष २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *