तुलसीपुर, पुस १९ । नेपाल एपिएफ क्लबका दिक्षा तामाङ्ग र पुलिसका स्यान्टु श्रेष्ठले खुमबहादुर खड्का स्मृति कप राष्ट्रिय टेबल टेनिस प्रतियोगिताको उपाधि चुमेका छन् ।
दिक्षाले महिला एकल तर्फ सेनाकी रविना महर्जनलाई ४–२ ले पराजित गर्दै स्वर्ण जितेकी हुन । उनले नगद ४० हजार सहित, मेडल र ट्रफी प्राप्त गरि ।
त्यस्तै द्वितिय स्थान हासिल गर्ने रविनाले २० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गरिन । तेश्रो स्थानकी सेनाकी दिया देउला र पुलिसकी मन्जु सुवालले १०÷ १० हजार नगद प्राप्त गरे ।
‘युथ अफ तुलसीपुर’ दाङको आयोजना भएको प्रतियोगिताको पुरुष एकल तर्फ राष्ट्रिय च्याम्पियन स्यान्टुले पुलिसकै विनेश खनियालाई ४–२ ले पराजित गर्दै पुरुष एकलको उपाधि जितेका हुन । उनले नगद ४० हजार मेडल र ट्रफी प्राप्त गरे ।
दोस्रो स्थान हासिल गरेका विनेशले नगद २० हजार प्राप्त गरे । तेश्रो स्थानमा सेनाका दीप साउन र एपिएफका संयोग कपालीले नगद १०÷ १० हजार पुरस्कार पाए ।
पुस १६ देखि १८ गतेसम्म संचालित प्रतियोगितामा तीन विभागियसहित २८ टिमको सहभागीता रहेको थियो ।