आजाद खड्का,
शान्तिनगर, पुस २९ । दाङको शान्तिनगर गाउँपालिकाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवमा गोविन्द भण्डारी सचिवमा सिफारिस गरिएको छ । नेकपा माओवादी केन्द्र र नेकपा एमाले बीचको पार्टी एकिकरण पछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शान्तिनगर गाउँपालिकाको सचिवमा माओवादी केन्द्रका तत्कालिन सचिव गोविन्द भण्डारी सर्वसम्मत सिफारिस गरिएका हुन ।
पश्चिम दाङका शान्तिनगर, दंगिशरण र बबई गाउँपालिकामा अध्यक्ष पूर्व नेकपा एमालेबाट हुने र सचिवमा पूर्व नेकपा माओवादी केन्द्रबाट हुने सहमति अनुसार माओवादीले बबई गाउँपालिकामा डिल्ली बुढाथोकी, दंगीशरण गाउँपालिकामा धनविर चौधरीलाई सिफारिस गरेको छ । शान्ती नगर गाउँपालिकामा भने राधिका परियार, खगेन्द्र शर्मा र गोविन्द भण्डारी गरी तिन जनाको दावा छ ।
नेपाल कम्युनिष्ट पार्टी ५ नंवर प्रदेश कमिटीका सदस्य भिमबहादुर वलीको पहलमा शान्तिनगर गाउँपालिकाको कार्यालयको वैठकले सचिवको विवाद टुङ्गाएको हो ।
नेकपा माओवादी केन्द्रका तत्कालिन अध्यक्ष गोपाल भण्डारीको अध्यक्षता एवं ५ नंवर प्रदेशका नेता भिमबहादुर वलीको उपस्थितिमा बसेको वैठकले भावि गाउँपालिका इन्चार्जमा पनि सिफासिर गरेको छ । राधिका परियार, गोपाल भण्डारी, खड्क बहादुर सुनार, नेव वहादुर रोका र मोहन वलीको नाम सिफारिस गरिएको छ । शान्तिनगर गाउँपालिकावाट जिल्लामा सिफारिस भएका ५ जना मध्ये जिल्लाको वैठकले जसलाई तोक्छ उसैलाई स्वीकारगर्ने निर्णय भएको छ ।