तुलीपुर, पुस ११ । तुलसीपुरको महोत्सव एक दिन लम्ब्याइएको छ । महोत्सव मूल आयोजक समितिका संयोजक टोपबहादुर घर्तीले महोत्सव अवलोक गर्ने दर्शकहरुको संख्या बढेको हुँदा एक दिन थपिएको जानकारी दिए ।
तुलसीपुर क्षेत्रको उद्योग व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शलाई अवलोक गराउने लक्ष्य लिइएको संयोजक ओपेन्द्र बस्नेतले बताए ।
सोमबार चर्चित गायीका ज्योति मगर, चन्द्र प्रकाश शर्मा, नृत्यङ्गना करिना डिसी लगाएतका कलाकार आउने मेला सांस्कृति उपसमितिका संयोजक सन्तोष खड्काले जानकारी दिए । आइतबार चर्चित लोकदोहोरी गायक राजु परियार, भागिरथ चलाउने, कमला घिमिरे लगाएतका कालाकारले प्रस्तुती राखेका थिए ।
प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार