२०८३ भाद्र ११ गते बिहिवार

मतदाता नामाबाली बनाउनेको भिड

तस्बिर – शरद रेग्मी

दाङ, पुस ११ । दाङमा मतदाता नामाबली बनाउनेको निकै भिडभाड हुने गरेको छ । इलाका प्रशासन कार्यालय तुलसीपुरमा आइतबार सयौं सर्वसाधारण मतदाता नामाबली बनाउका लागि लाइनमा बसेका थिए ।

दुधे बालक बोकेकादेखि जेष्ट नागरिकसम्म मतदाता नामाबली बनाउने लाइनमा उभिएका थिए ।
इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाले सर्वसाधारण नागरिक मताधिकार प्राप्तीका लागि गाउँ गाउँबाट आएको हुँदा कार्यालय बढी भिडभाड युक्त बन्न पुगेको बताए ।

निर्वाचन आयोगले बैशाख १४ गतेदेखि स्थानीय निर्वाचन गराउन भन्दै प्रस्ताब गरेपछि यतिखेर स्थानीय प्रशासन र जिल्ला निर्वाचन कार्यालयहरुमा मतदाता नामाबली बनाउने सर्वसाधारणको भिडभाड बढेको हो ।

नामाबली बनाउन लाइनमा उभिएका क्षेत्रबहादुर खड्काले कार्यालयमा भिडभाड बढाउनु भन्दा वडामै फारमहरु भर्ने ब्यबस्था मिलाएको भए सहज हुने तर्क गरे । भिडभाडमा लाइन लाग्न निकै मुस्लिक भएको, घन्टौं लाइन बस्दा पनि पालो फारम पाउनै मुस्किल अवस्था रहेको उनको गुनासो थियो ।

दलहरुका नेताहरुले मतदाताको मन जित्न फारामका ठेलीहरु नै उठाएर लगेको हुँदा स्थानीय प्रशासनमा फारम पाउन निकै सकस भएको गुनासो बढेको छ । अर्कौ तर्फ सहायक प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बुढाले जनशक्तिको अभावका कारणपनि सेवा प्रवाहमा समस्या बताए ।

दलहरुका बीचमा आ–आफ्ना मतदाता रिझाउने र बढाउने होडबाजी चल्दा स्थानीय प्रशासन तथा निर्वाचन कार्यालयहरु बिगत केहीदिन यता भिडभाड युक्त बनेका छन् ।

पुस १७ गतेसम्म मात्रै छुट मतदाता नामाबलीको फारम भर्न पाइने ब्यबस्था गरिएको छ । भदौदेखि नै यो ब्यबस्था गरिएको भएपनि अन्तिममा आएर काम गर्ने प्रचलनका कारण भिडभाड बढेको जानकारहरु बताउँछन् । राजनीतिक दलहरुले आ–आफ्ना भोटर हुन भन्नेहरुलाई गाडी नै रिजर्भ गरि गाउँ–गाउँबाट मानिसहरु बजारमा ल्याएर मतदाता बनाउन सहयोग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७८ पुष ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *