२०८१ बैशाख ७ गते शुक्रवार

के घोराही मात्रै दाङ हो र ?

राजेश खत्री,
दाङ, पुस २९ । पूर्व पश्चिम राजमार्ग बाटै देखिन्छ यो स्वागत गेट । जस्मा स्पष्ट लेखिएको छ कि –‘दाङ जिल्लामा यहाँलाई स्वागत छ।’

दाङको सीमाना त धानखोलादेखि नै सुरु हुन्छ र अमेलियादेखि पश्चिम बाँके राष्ट्रिय निकुञ्जसम्म फैलिएको छ । पूर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकाको गंगटेसम्मको सबै भूभाग दाङ नै हो । जिल्ला अदालतले स्पष्ट लेखेकै छ – दाङ देउखुरी जिल्ला अदालत भनेर । अन्य सरकारी कार्यालयमा त्यही छ । यहाँनेर यो गेटमा लेखिएको कुरा अमिल्दो र विभेदकारी लाग्ने खालको छ ।

यो स्वागतद्धारा जिल्लाको सीमाना सुरु हुने स्थानमा हुनुपर्ने थियो । लमही–घोराही सडक खण्डमा निर्मित यो स्वागत गेटमा बरु यहाँलाई ‘घोराहीमा स्वागत छ’ लेख्दा राम्रो अनि सुहाउँदो देखिने छ ।

पछिल्लो समय जाने होस वा नजानेर होस अर्थात बदमासी पूर्वक नै किन नहोस – घोराहीलाई मात्रै दाङ लेख्ने प्रवृति बढेर गएको छ । त्यसले अन्य क्षेत्रमा बस्नेहरुलाई हामी दाङ जिल्ला बासी हैनौं कि ? अर्थात हामी छुट्टै दाङका बासिन्दा पो हौं कि भन्ने आभास दिलाउने गरेको छ । यो विभेदको रेखा मेटाउन आवश्यक छ । त्यसैले पहिले जाने र वा नजानेर भएको त्यो गल्तीलाई अव सच्याउने कि ? त्यसमा राजनीतिक दल, अधिकारकर्मी, लमही नगरपालिका, बुद्धिजीवी घोराही उपमहानगरपालिका लगाएत सरोकारवाला सबैको तत्काल ध्यानाकर्षण हुन आवश्यक छ ।

प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस
  1. बसुदेब चौधरी says:

    कुरो चित्त बुझ्यो वास्तब मा हामी घोराही बाहेक अनेत्र बस्ने दङ्गाली को लागि अलि नमिठो नै आभास भयो

  2. DInesh Lamichhane says:

    धानखोला बाट सुरु हुदा बिच मा अर्घाखाँची पनि पर्छ काजी तेइ भएर लेख्न मिल्दैन । र अर्को कुरा भालुबाङ को मान्छे लाई एक पटक सोध्नुस त घोराही तुल्सिपुर आउनु पर्यो भने दाङ आउने भन्छन । यो गेट सगरमाथा सिमेन्ट ले लगाको हो उस्को उधोग घोराही मा छ । Be simply genuine man, don’t stuck in such small things

  3. प्रेमबहादुर खड्का says:

    सहि कुरो आयो। अब तुरुन्त सुन्दर नगरी घोराहीमा स्वागत छ, लेखिनु पर्छ। लेख्न लगाउनेले यो समाचार पढि चाडै सच्याउन लगाउनेमा हामी आशाबादि बन्नुपर्छ जस्तो लाग्छ। दाङको सीमाना त धानखोलादेखि नै सुरु हुन्छ र अमेलियादेखि पश्चिम बाँके राष्ट्रिय निकुञ्जसम्म फैलिएको छ । पूर्वमा राप्ती गाउँपालिकादेखि पश्चिममा बबई गाउँपालिकाको गंगटेसम्मको सबै भूभाग दाङ नै हो ।उत्तरमा अरङ्ग खोला, दक्षिणमा कोईलाबास पनि हो।

  4. रबि भण्डारी says:

    कुरो जति बढायो उति बढछ बरु यस्लाइ सचाउन लगाय हुन्छ नि

Leave a Reply to प्रेमबहादुर खड्का Cancel reply

Your email address will not be published. Required fields are marked *