२०७७ कार्तिक ११ गते मङ्गलवार

रुपन्देहीमा प्रहरी र तस्कर बीच गोली हानाहान एकजनाको मृत्यु, एकजना प्रहरी घाइते


बुटवल, पुस २९ ।
रुपन्देहीमा प्रहरीको गोली बाट एक जनाको मृत्यु भएको छ भने एकजना प्रहरी जवानलाई पनि गोली लागेको छ ।

गस्तीमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीसँग शनिवार राति १२ बजे सिद्धार्थनगर नगरपालिका १० शंकरपुरमा दोहोरो गोली हानाहानमा ती व्यक्ति मारिएको प्रहरीले बताएको छ ।

प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचको लागि रोक्दा मोटरसाइकलमा आएका दुई जनाले एक्कासी गोली चलाए पछि प्रहरीले पनि प्रतिरक्षाको लागि गोली चलाउँदा एक जनाको मृत्यु भएको जानकारी दिए ।

भारतीय नम्बर प्लेट यु पी ५३ एच २०२८ को मोटरसाइकलमा आएका उनीहरूलाई चेकजाँचको लागि रोकेपछि मोटरसाइकल पछाडि बसेको व्यक्ति भागेको र चालकले नै प्रहरीमाथि गोली हानेको प्रमुख जिल्ला अधिकारी रानाले जानकारी दिए।

अन्दाजी ३५ वर्षको जस्तो देखिने मृतकको शव भीम अस्पताल भैरहवामा राखिएको छ। मृतकको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । यसैबीच गोली लागेर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका जवान कृष्ण श्रेष्ठ घाइते भएको पनि प्रहरीले जानकारी दिएको छ । श्रेष्ठलाई पाखुरामा गोली लागेको जानकारी दिइएको छ ।

प्रकाशित मिति : २०७५ पुष २९ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *