तुलसीपुर, पुस २ । तुलसीपुरका दुई सहकारीबीच एकीकरण (मर्ज) भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बीच एकीकरण भएको हो ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ मा रहेको हाम्रो पहुँच र तुलसीपुर–१७ मा रहेको सप्तरंगी सहकारी शुक्रबार एकीकरण भएको हो ।
नगरप्रमुख घनश्याम पाण्डेले एकीकरणको प्रमाण पत्र हस्तान्तरण गरेका हुन ।
नगरप्रमुख पाण्डेले संघ, प्रदेश र स्थानीय सरकारको सहकारी मर्जको नीति अनुरुप नै तुलसीपुर उपमहानगरपालिकामा पहिलो पटक हाम्रो पहुँच र सप्तरंगी एकीकरण भएको बताए ।
एकिकरणपछि पनि सहकारीको नाम हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड राखिएको अध्यक्ष शुक्रराज भण्डारीले जानकारी दिए ।
दुवै सहकारीको एकीकरण पछि पूँजी १५ करोड पुगेको कोषाध्यक्ष बिजय सुबेदीले बताए ।
त्यस्तै करिब २ हजार ५ सय शेयर सदस्य पुगेका छन् ।