२०८३ मङ्सिर १० गते बुधवार

‘तुलसी ट्रेड टावर’ निर्माण गर्न ८ निर्माण कम्पनीले भरे फारम, मूल्याङकन हुन बाँकी

तुलसीपुर, पुस १ । तुलसीपुर उपमहानगरपालिकाले निर्माण गर्न थालेको तुलसी ट्रेड टावर निर्माणका लागि आठ वटा निर्माण कम्पनीले टेन्डर भरेका छन् । उक्त बहुउदेशीय ब्यापारिक भवन निर्माण गर्न मंसिर १६ गतेसम्मको अन्तिम मिति राखेर टेन्डर आह्वान भएको थियो ।

सोही मिति भित्र आठ जना निर्माण ब्यबसायीले टेन्डर भरेको उपमहानगरपालिकाका इञ्जिनियर पवन योगीले जानकारी दिए । अब ती निर्माण कम्पनीको मुल्याङकन गरि टेन्डर स्वीकृत गरिने र त्यसपछि सम्झौंता हुने उनले फरककोणलाई बताए ।

इञ्जिनियर योगीका अनुसार ईबिडिङ मार्फत मंसिर १६ गतेसम्म अन्तिम समय सीमा राखेर डेन्डर आह्वान भएको थियो । उक्त अबधिमा ८ वटा निर्माण कम्पनीबाट टावर निर्माणको लागि फारम प्राप्त भएको इञ्जिनियर योगीले जानकारी दिए ।

उपमहानगरपालिकाको सम्मुखमा रहेको पुरानो सब्जिमण्डीमा अत्याधुनिक तुलसी ट्रेड टावर निर्माण गर्न थालिएको छ । दुई वटा लिफ्टसहितको टावरमा एउटा इलिभेटर (भ¥याङसहितको बिद्युतबाट चल्ने सिढी) पनि हुने छ ।

जिल्लामा हालसम्म इलिभेटरसहितको सरकारी कार्यालय अहिले सम्म निर्माण भएको छैन । गत बर्ष मात्रै निर्मित दाङ जिल्ला अदालतमा पनि लिफ्ट राखिएको छ । अहिले सम्म जिल्ला अदालतनै जिल्लामा निर्मित अत्याधुनिक संरचना हो ।

नगर विकाश कोषको लगानीमा अरनिको डिजाइनबाट डिपीआर भएको तुलसी ट्रेड टावर नगर विकाश कोषको ६० प्रतिसत ऋण सहयोग र उपमहानगरपालिकाको ३० प्रतिसत लगानीमा निर्माण गर्न थालिएको छ ।

कुल लागत २५ करोड ३१ लाख ९५ हजार ६२ रुपैंया रहने इञ्जिनियर योगीले बताए । उपमहानगरपालिकाको सम्मुख उत्तरतर्फ रहेको उपमहानगरपालिकाको नाममा दर्ता श्रेस्ता भएको जग्गा ५÷६ कित्ता नम्बर ८१२ को १० कठ्ठा क्षेत्रफलमा तुलसी टावर निर्माण गर्न थालिएको छ । सम्झौंता भएको मितिले ३ बर्ष भित्रमा निर्माण पुरा गरि सक्ने उदेश्य राखिएको छ ।

टावर ६ तलाको हुने छ । जस्को पहिलो तलामा पार्किङ, दोस्रो तलामा ब्यापार, तेस्रो तलामा कार्यालय, चौथो तलामा रेष्टुरेण्ट, पाँचौं तलामा बहुउदेश्य सभाहल र छैठौं तला स्टाप रुमका रुपमा विकाश गरिने भएको छ ।

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *