यमकला भुसाल,
तुलसीपुर २८ ।
पाँच नम्मर प्रदेश प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापतति डिल्लीबहादुर चौधरीले युवाहरु व्यक्तित्व विकाशमा लाग्न आवश्यक रहेको बताएका छन् । शनिवार तुलसीपुरमा आयोजित तुलसीपुर नगर जेसिजको ७आंै पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रममलाई सम्बोधन गर्दे चौधरीले जेसिजले युवाहरुमा व्यक्तित्व र नेतृत्व विकाशमा सहयोग गर्दै आएको बताएका हुन ।
जेसिजले विधि विधान र नियम पालना गर्न सिकाउने हुँदा त्यसले युवाहरुमा नेतृत्व तथा व्यक्तित्व विकाशमा टेवा पुग्ने उनको कथन थियो ।
उनले तुलसीपुर नगर जेसीसको आफ्नो छुट्टै भवन निर्माण गर्न आवश्यक रहकेको भन्दै त्यसमा प्रदेश सरकार संग पहल गर्ने बताए ।
तुलसीपुर जगर जेसिजको वर्ष सन २०१८ का अध्यक्ष जेसी दिपेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बिशिष्ट अतिथि नेपाल जेसीसका कार्यकारी उपाध्यक्ष जेसी रमेशचन्द्र भुसालले युवाहरुलाई सहिमार्गमा हिडाउन जेसिजले सघाएको तर्क गरे । त्यस्तै पुर्व अध्यक्ष जेसी झरेन्द्र खरेलले जेसिज युवाहरुका लागि सिकाइको एक थलो भएको तर्क गरे ।
कायक्रममा तुलसीपुर नगर जेसीस वर्ष २०१९ का अध्यक्ष मेघराज घिमिरेले युवाहरुमा सकारात्मक सोचको विकास गर्न जेसिजले योजना ल्याउने बताए ।
संस्थाको भवन निमार्णदेखि एम्बुलेन्स सञ्चालन, जेसिजका सदस्यहरुलाई व्यवसायिक तथा आयमुलक उत्पादन तिर अग्रसर गराउन बहुउद्देश्य सहकारी संस्थाको अवधारणा अगाडी बढाउने योजनाहरु सुनाए ।
कार्यक्रममा त्रिभुवन नगर जेसीसका कार्यबहाक अध्यक्ष रविकिरण शर्मा, जेसीसका राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी,तुलसीपुर नगर जेसीसका पुर्व अध्यक्ष जेसी सर्यप्रसाद शर्मा,तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का वडा अध्यक्ष नवराज लामीछाने लगाएतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वर्ष सन २०१८ का कार्यकारी उपाध्यक्ष मानबहादुर बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यावाद ज्ञापन २०१८ का कार्यक्रम सयोजंक मदन गौतले गरेका थिए भने कार्यक्रमको सहजीकरण वर्ष २०१८ का महासचिव नारायण भट्राई, निवार्चन सयोजंक विमल पौडे्ल र २०१९ का महासचिव मोहन स्र्वकारले गरेका थिए ।