चितवन, २७ पुस। उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले निजगढ काठमाडाँै द्रुतमार्ग सरकारले दिएको समय अवधिभित्र सम्पन्न गर्ने गरी काम भइरहेको बताए ।
प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विसं २०७४ वैशाखमा मन्त्रिपरिषद्ले निर्णय गरी गत साउनमा नेपाली सेनालाई हस्तान्तरण गरिएको सो योजना सरकारसँग भएको सम्झौता बमोजिम कामले गति लिइरहेको जानकारी गराए ।
उनले राजनैतिक र संवैधानिक हिसाबले सङ्घीयताको घोषणा भए पनि कानून र संरचना तदअनुसार नहुँदा कतिपय कुरा अप्ठ्यारो परेको बताए । पार्टीको तल्लो तहसम्मका एकता चाँडै सम्पन्न हुने उनले जानकारी दिए ।
प्रकाशित मिति : २०७५ पुष २७ गते शुक्रवार