२०८१ माघ ३० गते बुधवार

डिल्लीबहादुर चौधरीले गाडी फिर्ता गरे

खेमराज रिजाल,
बुटवल, पुस २७ । पाँच नम्बर प्रदेशको प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले शुक्रवार प्रदेश सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन्।

सभापति चौधरीले सचिवालयका जिन्सी शाखा प्रमुख कृष्ण गौतमलाई आफूले प्रयोग गर्दै आएको लु १ झ ४४१ नं. को गाडीको चाबी फिर्ता गरेका हुन् ।

प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीमा व्यापक अनियमितता भएको आशंका सहितका खवर सार्वजनिक भएको केही दिन मै नेपाली काँग्रेसको तर्फवाट दाङको निर्वाचन क्षेत्र नं. ३ को १ बाट निर्वाचित चौधरीले आफुले चढ्दै आएको गाडी फिर्ता गरेका हुन ।

गाडी खरिदमा आर्थिक अनियमितता भएको समाचार सार्वजनिक भएको तथा लेखा समितिले सबै गाडीहरुको कागजात झिकाई छानविन शुरु गरेको हुँदा नैतिकताको आधारमा गाडी फिर्ता गरेको सभापति चौधरीले फरक कोणलाई बताए । प्रदेशसभा सचिवालयले विभिन्न समितिका सभापति, दलका मुख्य सचेतक, प्रदेशसभा सचिवलगायतलाई भन्दै हालै १३ वटा गाडी खरिद गरेको थियो।

यसैबीच समितिको शुक्रबार बसेको बैठकले सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानकर्षण भएको जनाएको छ । समितिले सबै गाडीको कागजातको प्रारम्भिक अध्ययनको लागि समितिका सदस्य कुलप्रसाद पोखरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ । जसमा बैजनाथ जयसवाल र कल्पना पाण्डे सदस्य छन्। संयोजक पोखरेल नेकपाका सांसद हुन् भने पाण्डे राष्ट्रिय जनता पार्टी र जयसवाल नेपाली कांग्रेसका सांसद हुन्। यो समितिलाई अध्ययन गरी आगामी माघ ४ गते बस्ने सार्वजनिक लेखा समितिको बैठकमा प्रतिवेदन पेश अधिकार दिइएको छ ।

प्रकाशित मिति : २०७५ पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *