२६ पुस, काठमाडौं । सरकारले पुस २७ मा ‘राष्ट्रिय एकता दिवस’को सार्वजनिक विदा नदिइने प्रष्ट पारेको छ ।
पत्रकार सम्मलेनमा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले भोलि सार्वजनिक विदा नभएको प्रष्ट पारे । उनले भने, ‘राष्ट्रिय एकताका लागि विदा दिनु पर्दैन । यो मनाएर दर्शाउने हो, यसका लागि विदा आवश्यक पर्दैन ।’ यद्यपि इतिहासको सच्चाइलाई बेवास्ता नगर्ने उनले बताए ।
तर राप्रपा लगायतकाले विदा माग गर्दै आएका छन् ।
प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार