राजेश खत्री र लालु चौधरी,
दाङ, पुस २६ । गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले यदी आँफु अस्पताल जानु परेमा सरकारी अस्पतालमा मात्रै जाने बताएका छन् । ‘मेरो एउटा सीमा छ,म प्रोफिट मेकिङ अस्पतालमा जाँदैन,’ डा.यादवले भने ‘यदी म गएछु भने सरकारी अस्पतालमै जाने छु ।’ उनले काठमान्डौंमा भए बीर र टिचिङमा अनि मोफसलमा भए गृहजिल्ला जनकपुरमा जान सक्ने इच्छा जाहेर गरे ।
विहीवार दाङको टरिगाउँ एयरपोर्टमा रिपोटर्स क्लवले आयोजना गरेको पत्रकार सम्मेलनमा डा. यादवले आफु पहिले जस्तै काममा फर्कन भने संभव नरहेको बताए ।
उनले अस्पताल गएको खण्डमा त्यो कामको लागि नभई आफ्नो टायम पास र प्रचारको लागि मात्रै हुने स्पष्ट पारे ।
आफ्नो उमेर,रोग र पछिल्लो समय भित्रिएका नयाँ प्रविधिले गर्दा आफु पुरानो पेशामा फर्कन असंभव नरहेको उनले बताए ।
डाक्टरी पेशा निकै गाह्रो पेशा भएको भन्दै उनले यो उमेरमा आएर आफु राति १२ बजेसम्म विरामी चेकजाँच गर्नको लागि डिउटी गर्न संभव नभएको उल्लेख गरे ।
त्यस्तै उनले आफुले अध्यनगर्दाको समय र अहिलेको समयमा प्रयोग हुने उपकरणमा धेरै फरक रहेको हुँदा त्यो चलाउन समेत आफुलाई कठिन हुने हुँदा अब पुरानै काममा फर्कन गाह्रो हुने धारणा राखे ।
आफु उमेरले ७० बर्षमा लागेको तथा क्यान्सर रोगहरुको समेत उपचार भएर लाभ लिएको हुँदा फेरि पहिले कै जस्तो सक्रियता पूर्वक चिकित्सकिय पेशामा फर्कन संभव नरहेको उनको तर्क थियो ।
आँफू नेपाली काँग्रेस बाट ट्रेन्ड भएर प्रथम राष्ट्रपति हुने सौभाग्य समेत मिलेको हुँदा काँग्रेसका नेताहरुले बीपी, गणेशमानका नामबाट खोलिएका अस्पतालमा जान सुझाएको भएपनि त्यहाँ जान नसक्ने उनले बताए ।
आँफु बीपी, गणेशमान र महेन्द्र नारायण निधिको मात्रै नभएर अन्तिम समयमा कृष्णप्रशाद भट्टराईको पनि फिजिसयन डाक्टर भएर काम गरेको स्मरण गरेका डा.यादवले मनमोहन लगाएतका नेताहरुको नाममा पनि अस्पताल खुलेको हुँदा उनीहरुको नाम वदनाम गर्न कोही पनि लाग्न नहुने धारणा राखे । ‘उहाँहरु सबैको लोकतन्त्र प्राप्तीमा ठूलो योगदान छ,त्यसैले उहाँहरुको सम्मान गर्नुपर्छ ,’ यादवले भने ।
फरक प्रशंगामा उनले आफ्नो रुचि र चाहाना वातावरणिय पक्षमा कामगर्ने पनि रहेको बताए । हिमाल, पहाड र तराईको वन जंगल तथा वातावरण कसरी जोगाउन सकिन्छ भन्ने वारेमा आफुलाई बढी चिन्ता लाग्ने गरेको उनले बताए । उनले समाजको सदभावलाई कसरी जोड्ने, क्षेत्रीय र जातिय सदभाव कसरी दिगो राख्ने तथा राष्ट्रिय एकतालाई कसरी बलियो बनाउने भन्ने चिन्ता रहेको बताए ।
त्यस्तै उनले यही संविधान लागु भएर देशका सबै समस्या समाधान हुनुपर्ने धारणा व्यक्त गरे । केही असुन्तुष्टि रहेपनि त्यो समाधान गर्नुपर्ने उनले बताए । संघीय, प्रदेश र स्थानीय कानुन बनाएर संविधानको पूर्ण कार्यान्वय हुने उनको कथन थियो । उनले आफ्नो लागि राज्यले जे व्यवस्था गरिदिएको छ त्यो अनुरुप आफु चल्ने बताए ।
हेर्नुहोस भिडियो