२०७७ फाल्गुन १९ गते बुधवार

मृत्यु संस्कारको विषयमा बहस आवश्यकः मुख्यमन्त्री पोखरेल

घोराही, पुस २६।
प्रदेश नम्बर ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पछिल्लो समय मृत्यु संस्कारमा पनि बहस आवश्यक भएको बताएका छन्।

परम्परागत संस्कारका रूपमा गरिने १३ दिनको काजकिरिया समयअनुसार निकै कष्ठकर मानिएको तर पुरानो संस्कार भएको हुँदा छोड्न पनि नसकिरहेको अवस्थामा समय सुहाउँदो मृत्यु संस्कारको विषयमा बहस चलाउनुपर्ने देखिएको बताए।

आधुनिकता र व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै समाजले यसलाई परिमार्जन गर्नुपर्ने उनको सुझाव छ ।

घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीका आमा भुविया चौधरीको निधन भएको १२ औं दिनको अवसरमा नगर प्रमुख चौधरीको घरमा नेपाल कम्युनिष्ट पाटीले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले अब समाज सुधारलाई ध्यान दिनुपर्ने धारणा राखे।

उनले यस्तो विषयलाई क्रमशः जनताको साथ लिएर, जनताको अभिमतबाट मात्रै सामाजिक संस्कार सुधार गर्नुपर्ने बताए।

समाजलाई सँगसँगै लिएर मात्रै समाज सुधारमा लागे त्यो सार्थक रहने उनको भनाइ थियो। रासस

प्रकाशित मिति : २०७५ पुष २६ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *